नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ अघि नै काठमाडौंमा देखियो चेरी क्यु
काठमाडौं । बहुप्रतीक्षित चेरी क्यु आधिकारिक सार्वजनिक प्रदर्शन हुनुअघि नै काठमाडौंमा देखिएपछि अटोमोबाइल प्रेमीहरू र सर्वसाधारणबीच उत्साह र चासो बढेको छ। चेरी क्युको आधिकारिक नेपाल डेब्यु २०२६ अगस्ट ११ देखि १६ अर्थात साउन २६ देखि ३१ सम्म काठमाडौंको भृकुटीमण्डमा आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ मा हुनेछ।
नेपालका लागि चेरीको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रा.लि.ले चेरी क्युको आधिकारिक सार्वजनिक प्रस्तुति नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ मा हुने पुष्टि गरेको छ। प्रदर्शनीका आगन्तुकहरूले पहिलो पटक यस अत्याधुनिक विद्युतीय सवारीलाई नजिकबाट अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन्। चेरीको नयाँ पुस्ताको विद्युतीय सवारीसाधनमध्ये एक रहेको चेरी क्युले आफ्नो नवीन डिजाइन र भविष्यमुखी शहरी गतिशीलताको अवधारणाका कारण अन्तर्राष्ट्रिय स्तरमै प्रशंसा बटुलिसकेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार, सेग्मेन्टकै उत्कृष्ट सुविधासहित आएको चेरी क्युमा ४१.२ किलोवाट आवर क्षमताको ब्याट्री, ४०० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज, ५४० डिग्री सराउन्ड क्यामेरा, १७५ एमएम ग्राउण्ड क्लियरेन्स, ७० लिटर फ्रंक (अगाडिको स्टोरेज) स्पेस, १५.६ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम तथा २० भन्दा बढी एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) जस्ता आधुनिक सुविधाहरू उपलब्ध छन् ।
आधुनिक शहरी जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको यो अर्बन क्रसओभरले आकर्षक डिजाइन र स्मार्ट प्रविधिको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने कम्पनीको विश्वास रहेको छ ।
चेरी क्युले विश्वप्रसिद्ध रेड डट डिजाइन अवार्ड २०२५ तथा आईएफ डिजाइन अवार्ड २०२६ समेत जितिसकेको छ। काठमाडौंमा सार्वजनिक रूपमा देखिएसँगै यस गाडीले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ, जसले यसको आधिकारिक सार्वजनिक प्रदर्शनप्रति अझ बढी उत्सुकता सिर्जना गरेको कम्पनीले बताएको छ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

