Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८३, श्रावण, २४
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा

काठमाडौं । आर्सनलले ब्रुनो गुइमारेसलाई ७५ मिलियन अमेरिकन डलर अनुबन्ध गरेको छ। न्युकासलका पूर्व कप्तानले यसै गर्मीको सुरुवातमै प्रिमियर लिग च्याम्पियन टोलीमा सामेल हुने इच्छा व्यक्त गरेको केही समय पछि गुइमारेस आर्सनलमा अनुबन्ध भएका हुन ।

२८ वर्षीय ब्राजिलियन मिडफिल्डर, जसले थप १२ महिनाको विकल्पसहित चार वर्षको सम्झौता गरेका छन्, ले यस कदमलाई आफ्नो जीवनको ‘सबैभन्दा कठिन निर्णयहरू’ मध्ये एक भएको बताएका छन्।

‘यो कदम निकै कठिन छ किनभने न्युकासल मेरो लागि धेरै महत्त्वपूर्ण छ,’ उनले थपे, ‘तर म मेरो जीवनमा केही नयाँ अनुभव गर्न चाहन्थें। म आफैं र मेरो परिवारका लागि नयाँ चुनौतीको सामना गर्न तयार महसुस गरिरहेको छु।’ न्युकासलले पनि गुइमारेस र उनको परिवारको सुखद भविष्यको कामना गरेको छ।

वार्तामा सहमति जुटेपछि गुइमारेसले यसै साताको सुरुमा स्पेनको ला मङ्गास्थित न्युकासलको प्रशिक्षण शिविर छोडेर एमिरेट्स स्टेडियममा आफ्नो स्थानान्तरण प्रक्रिया पूरा गरेका थिए। उनले आफ्ना भावी सहकर्मीहरू, जसमा आफ्नै देशका खेलाडी गाब्रियल र अर्का मिडफिल्डर डेक्लान राइस पनि थिए, बाट सन्देशहरू प्राप्त गरेको खुलासा गरेका छन्।

मैदानको मध्यभागमा विगतमा भएका प्रतिस्पर्धा पछि राइसले उनलाई भनेका थिए, ‘यहाँ आऊ र कृपया अब झगडा नगरौं, अब हामी साथी हौं।’

‘म मेरो जीवनको यस्तो मोडमा छु, जहाँ मलाई यस्तै चुनौतीको आवश्यकता छ जस्तो लाग्छ,’ गुइमारेसले भनेका छन्, ‘म ट्रफी जित्न चाहन्छु, इतिहास बनाउन चाहन्छु र मलाई लाग्छ कि म यो गर्नका लागि सही ठाउँमा छु। म सुरुवात गर्न निकै उत्साहित छु।’

गुइमारेस जनवरी २०२२ मा रेलिगेसनको जोखिममा रहेको न्युकासल टोलीमा सामेल भएका थिए र पूर्व मुख्य प्रशिक्षक एडी हाउको नेतृत्वमा टोलीको प्रदर्शन सुधार्न महत्त्वपूर्ण भूमिका खेलेका थिए। सन् २०२५ को काराबाओ कपको फाइनलमा लिभरपूललाई ​​पराजित गरे पछि उनी सात दशकयता न्युकासलका लागि प्रमुख घरेलु ट्रफी उचाल्ने पहिलो कप्तान बनेका थिए।

उनी सन् २०२३ र २०२५ मा च्याम्पियंस लिगका लागि छनोट भएको टोलीको पनि हिस्सा थिए यद्यपि गत सिजन टोली प्रिमियर लिगमा १२औं स्थानमा झरेको थियो।

Top Changing Nepal

युट्युब सट्स