नाइमा मोबिलिटी एक्स्पोमा अल्ट्राभायोलेट एक्स४७ क्रसओभर मोटरसाइकल सार्वजनिक, कतिपर्छ मुल्य ?
काठमाडौं । वैद्यज अर्गनाइजेशनले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसरमा प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्राण्ड अल्ट्राभायोलेटको नयाँ क्रसओभर मोटरसाइकल एक्स४७ नेपाली बजारमा सार्वजनिक गरिएको छ। नेपालका लागि अल्ट्राभायोलेटको आधिकारिक वितरक वैद्यज अर्गनाइजेशनले सार्वजनिक गरेको एक्स४७ को मूल्य ६ लाख ८४ हजार ९०० रुपैयाँ तोकेको छ।
क्रसओभर डिजाइन, आधुनिक प्रविधि र उच्च प्रदर्शनलाई संयोजन गरिएको यो मोटरसाइकलले नेपाली इलेक्ट्रिक मोटरसाइकल बजारमा नयाँ विकल्प थप्ने कम्पनीको विश्वास छ।

अल्ट्राभायोलेट एक्स४७ दैनिक आवागमन, रोमाञ्चक यात्रा तथा एड्भेन्चर राइडिङमा रुचि राख्ने राइडरलाई लक्षित गरी विकास गरिएको कम्पनीले जनाएको छ।
वैद्यज अर्गनाइजेशनले यसअघि नै नेपाली बजारमा अल्ट्राभायोलेटको एफ–७७ ओरिजिनल र एफ–७७ रिकन मोडलको बुकिङ खुलाइसकेको छ। एफ–७७ ओरिजिनलको सुरुवाती मूल्य ८ लाख ११ हजार रुपैयाँ र एफ–७७ रिकनको मूल्य ९ लाख ६९ हजार रुपैयाँ तोकिएको थियो।
एफ–७७ मा १०.३ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको बताइएको छ। कम्पनीका अनुसार, यसले एकपटक पूर्ण चार्जमा ३२३ किलोमिटर आईडीसी रेन्ज प्रदान गर्नुका साथै यसमा ३० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर रहेको छ, जसले अधिकतम १०० एनएम टर्क उत्पादन गर्छ।

प्रदर्शनका हिसाबले एफ–७७ ले ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति २.८ सेकेन्डमै हासिल गर्न सक्ने कम्पनीले जनाएको छ। यसको अधिकतम गति १५५ किलोमिटर प्रतिघण्टा रहेको छ। त्यस्तै, ३९ लेभलको ट्र्याक्सन कन्ट्रोल सिस्टमले विभिन्न सडक तथा राइडिङ परिस्थितिमा बाइकको पकड र स्थिरता कायम राख्न सहयोग गर्ने कम्पनीको दाबी छ।
नाइमा मोबिलिटी एक्स्पोको अवसरमा एफ–७७ को मूल्य १० लाख ५० हजार रुपैयाँ तोकिएको छ। कम्पनीका अनुसार यो एक्स्पो अवधिका लागि विशेष मूल्य हो र एक्स्पोपछि मोटरसाइकलको मूल्य वृद्धि हुने जनाएको छ।
एक्स४७ को सार्वजनिकसँगै अल्ट्राभायोलेटले नेपाली बजारमा आफ्नो इलेक्ट्रिक मोटरसाइकल पोर्टफोलियोलाई थप विस्तार गरेको बताएको छ। कम्पनीले नयाँ मोडलमार्फत दैनिक प्रयोगदेखि लामो दूरी तथा रोमाञ्चक राइडिङसम्मका लागि उच्च प्रदर्शन, प्रविधि र डिजाइनको संयोजन प्रस्तुत गर्ने लक्ष्य राखेको जनाएको छ।
सम्बन्धित समाचार
नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक, कतिपर्छ मुल्य ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
विशेष कार्यक्रमका बीच नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
कस्तो रहला आजको मौसम ?
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



