मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म १ अर्ब ५१ करोड ८३ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १२.४४ प्रतिशतले बढेको हो। अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ३५ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो।
बैंकको नाफा बढ्नुमा खुद ब्याज आम्दानीमा भएको सामान्य वृद्धि तथा इम्पेरमेन्ट चार्जमा आएको कमी मुख्य कारण देखिएको छ। गत आवमा बैंकको खुद ब्याज आम्दानी ३.६३ प्रतिशतले बढेर ४ अर्ब ७४ करोड ३८ लाख ४९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यस्तो आम्दानी ४ अर्ब ५७ करोड ७४ लाख रुपैयाँ थियो।
यता, बैंकको खुद फि तथा कमिशन आम्दानी १.५० प्रतिशतले घटेर ५४ करोड ९८ लाख १७ हजार रुपैयाँमा सीमित भएको छ। कुल सञ्चालन आम्दानी भने ३.८९ प्रतिशतले बढेर ५ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ पुगेको छ। सञ्चालन मुनाफा २०.२३ प्रतिशतले बढेर २ अर्ब ४२ करोड २७ लाख रुपैयाँ पुगेको छ।
बैंकको इम्पेरमेन्ट चार्ज पनि घटेको छ। अघिल्लो आवमा ७९ करोड ३५ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज गत आवमा घटेर ५७ करोड २३ लाख रुपैयाँमा झरेको छ।
असार मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ६७ करोड ५७ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४५ पैसा छ।
नाफा बढे पनि बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेको छ। समीक्षा अवधिमा ईपीएस १८ पैसा घटेर १८ रुपैयाँ ९८ पैसामा सीमित भएको छ। बैंकको मूल्य–आम्दानी अनुपात १९.१३ गुणा र प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ८२ पैसा रहेको छ।
८ अर्ब ३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ सञ्चित छ।
कर्जा तथा निक्षेपतर्फ पनि बैंकले वृद्धि गरेको छ। अघिल्लो आवको अन्त्यसम्म ९७ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले गत आवको अन्त्यसम्ममा १ खर्ब ५० करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यो अघिल्लो आवको तुलनामा ३.३८ प्रतिशतको वृद्धि हो।
त्यस्तै, बैंकको निक्षेप ५.२० प्रतिशतले बढेर १ खर्ब २३ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ।
सम्बन्धित समाचार
नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक, कतिपर्छ मुल्य ?
नाइमा मोबिलिटी एक्स्पोमा अल्ट्राभायोलेट एक्स४७ क्रसओभर मोटरसाइकल सार्वजनिक, कतिपर्छ मुल्य ?
विशेष कार्यक्रमका बीच नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
कस्तो रहला आजको मौसम ?
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



