यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
काठमाडौं । हिमालय रोडिजको टाइटल स्पोन्सर यामाहा रेसिङले यस वर्षको नयाँ थिम “एटिट्युड भर्सेस अल्टिच्युड” अन्तर्गत माउन्टेन ड्यूसँगको सहकार्यमा प्रस्तुत हुन लागेको हिमालय रोडिज सिजन ८ का लागि प्रि-अडिसनको घोषणा गरेको छ। प्रि-अडिसन आगामी अगस्ट १५ देखि सुरु हुनेछ। यसमा सहभागीहरूले ब्लू टिकट प्राप्त गर्ने अवसर पाउनेछन्, जसले उनीहरूलाई कार्यक्रमको पीआई राउन्डमा सिधै प्रवेश गर्ने अवसर प्रदान गर्ने बताइएको छ।
प्रि-अडिसन नेपालका विभिन्न सहरमा रहेका यामाहा शोरुमहरूमा आयोजना हुनेछ। तालिका अनुसार यसको सुरुवात धरानमा श्रावण ३० गते शनिबार विजयपुर ट्रेडर्स, लाङ्गाली चोकबाट हुनेछ। त्यसपछि श्रावण ३१ गते आइतबार बिर्तामोडस्थित सयपत्री ट्रेड लिंक, भद्रपुर बस स्ट्यान्डमा आयोजना हुनेछ।
त्यस्तै, भदौ १ गते सोमबार हेटौंडाको राज मोटर्स प्रा. लि., रानीदरबार मार्ग तथा बुटवलको बाइकर्ज बुटवल प्रा. लि., कालिका नगरमा एकैसाथ प्रि-अडिसन हुनेछ।
त्यसैगरी, भदौ २ गते मंगलबार बर्दिबासस्थित एमएडब्लू प्रा. लि., भब्सी खोलानजिक, भदौ ३ गते बुधबार धनगढीस्थित एमएडब्लू प्रा. लि., चौराहा र भदौ ४ गते बिहीबार काठमाडौंको एमएडब्लू प्रा. लि., नक्सालमा प्रि-अडिसन आयोजना हुनेछ।
रोडिज लामो समयदेखि सहभागीहरूको मनोवृत्ति, सहनशक्ति र हिम्मतको परीक्षण गर्ने सबैभन्दा चुनौतीपूर्ण रियालिटी शोहरूमध्ये एकका रूपमा परिचित छ। “एटिट्युड भर्सेस अल्टिच्युड” थिमसहितको सिजन ८ ले पनि अग्लो हिमाल र आफ्नो सीमा नाघेर चुनौतीको सामना गर्ने निडर भावनासँगको सम्बन्धलाई निरन्तरता दिएको छ। यो यामाहाको रेसिङ लेगेसी र ब्रान्ड मेसेज “द कल अफ द ब्लू” सँग पनि नजिक रहेको जनाइएको छ।
नेपालमा यामाहा रेसिङले युवालक्षित प्लेटफर्महरूलाई निरन्तर साथ दिँदै आएको छ। ऊर्जा, जोश र चुनौती सामना गर्ने साहसलाई सम्मान गर्ने विभिन्न कार्यक्रमहरूसँग यामाहा रेसिङ निरन्तर जोडिँदै आएको बताइएको छ।
रोडिजमा सहभागी हुन चाहनेहरूलाई तोकिएको मितिमा आफ्नो सहरमा अवस्थित यामाहा शोरुममा पुगेर यस यात्राको हिस्सा बन्न प्रोत्साहित गरिएको छ। छ दिनमा सात वटा सहर समेटिएको प्रि-अडिसनले हिमालय रोडिजको अहिलेसम्मकै चर्चित सिजनमध्ये एक बन्न सक्ने आठौँ सिजनको रोमाञ्चक सुरुवात गर्ने अपेक्षा गरिएको जनाइएको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
