Jankari Kendra
४ भाद्र २०८३, बिहीबार
Worldlink

साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, भाद्र, ४
साउनमा एलपी ग्यासको आयात उच्च,माग बढेसँगै नयाँ रेकर्ड

काठमाडौँ । पछिल्लो समय नेपालमा एलपी ग्यासको खपत बढेको देखिएको छ । नेपाल आयल निगमको तथ्यांक अनुसार साउन महिनामा मात्रै ५७ हजार मेट्रिक टन एलपी ग्यास नेपाल भित्रीएको छ ।

पाँच महिनाको आयात तुलना गर्दा साउनको परिमाण सबैभन्दा उच्च हो । यसअघि असारमा ४४ हजार ५४४ मेट्रिक टन ग्यास आयात भएको थियो । त्यस्तैगरी जेठमा ३२ हजार ८४२,वैशाखमा ३२ हजार ५६ र चैतमा ३८ हजार ७९९ मेट्रिक टन ग्यास आयात भएको निगमले जनाएको छ ।

ग्यासको आयात बढेसँगै बजारमा सिलिन्डरको बिक्रि पनि बढेको छ । साउनमा मुलुकभर ४० लाख ३६ हजार ३६४ थान सिलिन्डर बिक्रि तथा वितरण भएको निगमको तथ्यांक छ । असारमा भएको किक्रिसँग तुलना गर्दा साउनमा करिब ९ लाख थान सिलिन्डर बिक्रि तथा वितरण भएको निगमका निर्देशक विनितमणि उपाध्यायले बताएका छन् ।

निगमले बजारमा ग्यासको आपूर्ति सहज राख्न आयात तथा वितरणलाई निरन्तरता दिने जनाएको छ । उपाध्यायले उपभोक्तालाई आवश्यकता अनुसार ग्यास खरिद गर्न आग्रह गर्दै पर्याप्त आपूर्तिका लागि निगमले काम गरिरहेका बताएका छन् ।

Top Changing Nepal

युट्युब सट्स