Jankari Kendra
२७ आश्विन २०८३, मंगलवार

भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, भाद्र, १३
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले भोटेकोशी क्षेत्रमा गएको विनाशकारी बाढी–पहिरोपछि सिर्जित विषम परिस्थितिमा पनि आफ्नो हवाई भाडादर वृद्धि नगरेको स्पष्ट पारेको छ। कम्पनीले बाटोघाटो सहज नभएसम्म हालकै सुलभ भाडादर कायम राख्ने प्रतिबद्धता जनाएको छ।

कम्पनीले जारी गरेको सूचना अनुसार आफ्नो वेबसाइट वा मोबाइल एपमार्फत टिकट खरिद गर्दा यात्रुहरूले थप ३०० रुपैयाँ छुट पाउनेछन्। साथै गृहमन्त्रालयको निर्णय र समन्वयमा बाढीपीडितका लागि पठाइने राहत सामग्रीको हवाई ढुवानी निःशुल्क गर्ने व्यवस्था मिलाइएको छ।

यात्रुहरूको चापलाई ध्यानमा राख्दै बुद्ध एयरले भैरहवा, पोखरा तथा भरतपुरका लागि नियमित अतिरिक्त उडानसमेत सञ्चालन गरिरहेको छ।

व्यावसायिक चुनौतीका बीच पनि यात्रुलाई सुलभ सेवा दिन प्रतिबद्ध रहेको जनाउँदै बुद्ध एयरले कतै अत्यधिक महँगोमा टिकट बिक्री भइरहेको पाइएमा तुरुन्त जानकारी गराउन आग्रह गरेको छ। नियमानुसार त्यस्ता गैरकानुनी र अनियमित गतिविधि गर्नेहरू विरुद्ध कडा कदम चालिने कम्पनीले जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स