भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
काठमाडौं। भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३५३ पुगेको छ। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार बाढीमा परेर अझै तीन हजार ९९२ जना सम्पर्कविहीन रहेका छन्।
फेला परेका शवमध्ये ५३० पुरुष, ३२८ महिला र ४९५ जनाको शव पहिचान गर्नै नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अविनारायण काफ्लेका अनुसार बेपत्ता सूचीमा रहेका स्वदेशी नागरिकतर्फ दुई हजार ८२७ पुरुष र ५६७ महिला छन्। यस्तै, विदेशी नागरिकतर्फ २६७ पुरुष र २३९ महिला अझै सम्पर्कविहीन छन्।
बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापनको कामलाई सुरक्षा निकायहरूले निरन्तरता दिइरहेका छन्। फेला परेका शवमध्ये एक हजार ४४ वटाको सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिसकिएको छ भने बाँकी शवको पहिचान र व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ।
बाढीपछि हालसम्म नौ हजार १५९ जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये तीन हजार १९० जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिए।
बेपत्ता व्यक्तिको पहिचान र फेला परेका शवको सनाखतका लागि डिएनए परीक्षणलाई प्राथमिकता दिइएको छ। हालसम्म मृतक एक हजार १८१ जना र मृतकका आफन्त एक हजार १९५ जना गरी कुल दुई हजार ३७६ जनाको डिएनए नमुना सङ्कलन भइसकेको छ।
प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार, शवको पहिचान तथा व्यवस्थापनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र सम्बन्धित सरकारी निकायका टोलीहरू निरन्तर परिचालित छन्।
सम्बन्धित समाचार
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

