राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
काठमाडौं। बैंकिङ प्रणालीमा रहेको थप तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ५६ दिनका लागि ७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्कासन गर्ने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत आवेदन दिन सकिनेछ। निक्षेप संकलन उपकरणको निष्कासन पनि आजै हुनेछ।
यस बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागिता जनाउन पाउनेछन्। सहभागी संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम १० करोडले भाग जाने गरी कुल आह्वान रकम (७० अर्ब रुपैयाँ) सम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
निक्षेप संकलनको सावाँ तथा ब्याज भुक्तानी आगामी कात्तिक २० गते हुनेछ। बोलकबोल बहुब्याजदर प्रणालीमा हुनेछ, जसमा आवेदकले चाहेको रकम र प्रस्ताव गरेको ब्याजदर (दशमलवपछिको चार अंकसम्म) खुलाउनुपर्नेछ। निक्षेप बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइनेछ भने समान ब्याजदर भएमा प्रो-राटा (अनुपातिक) आधारमा रकम बाँडफाँड गरिनेछ।
प्राप्त बोलपत्रहरू आंशिक वा पूर्ण रूपमा स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार खुला बजार सञ्चालन समितिमा निहित रहने राष्ट्र बैंकले जनाएको छ। स्वीकृत बोलको रकम सम्बन्धित संस्थाको खाताबाट कट्टा गरी राष्ट्र बैंकको छुट्टै खातामा जम्मा गरिनेछ। खातामा पर्याप्त मौज्दात नभए सम्बन्धित संस्थालाई कालोसूचीमा राख्नेसम्मको कारबाही हुन सक्ने चेतावनी दिइएको छ।
यो निक्षेप रकम बैंक तथा वित्तीय संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ। यसलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने भए पनि वैधानिक तरलता अनुपात र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ। साथै, तोकिएको भुक्तानी मितिअघि यो रकम फिर्ता वा पूर्वभुक्तानी नहुने स्पष्ट पारिएको छ।
सम्बन्धित समाचार
भोटेकोशी बाढीपहिरो प्रभावितका लागि एमपीआईएको ३१ लाख सहयोग
साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको नयाँ बिज २४ म्यानेज्ड वाइ–फाइ सोलुसन
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
आज कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन, बुबाप्रतिको माया र सम्मान व्यक्त गर्ने विशेष अवसर
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने

