Jankari Kendra
२७ भाद्र २०८३, शनिबार
Worldlink

भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, भाद्र, २७
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा

काठमाडौं। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा हालसम्म १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ सङ्कलन भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा रहेको रकममध्ये ९ वटा वाणिज्य बैंकका खातामा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ नगद मौज्दात छ। यसबाहेक, दुई वटा वाणिज्य बैंकमा २ करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलरसमेत जम्मा भइसकेको छ।

बाढी प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार तथा व्यवस्थापन कार्यलाई तीव्रता दिन कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) लाई निकासा गरिसकिएको छ।

विनाशकारी बाढीपछि सरकारले राहत, उद्धार र पुनर्स्थापनाका लागि स्वदेश तथा विदेशमा रहेका व्यक्ति, संघसंस्था, निजी क्षेत्र र विभिन्न निकायसँग सहयोगको आह्वान गरेको थियो। सोही आह्वानबमोजिम विभिन्न स्रोतबाट आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको हो।

कोषमा प्राप्त रकम प्रभावित क्षेत्रमा राहत वितरण, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि आवश्यकता र प्राथमिकताका आधारमा परिचालन गरिने सरकारले जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स