१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
काठमाडौं । रसुवा बाढीका कारण अवरुद्ध बनेको कृष्णभीर सडक पुनर्स्थापनाको आइतबार दशौँ दिन। अहिले पनि सडक पुनर्निर्माण भइरहेको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सडकलाई ग्रेडिङ गरी सतहलाई अन्तिम रूप दिने तथा कम्तीमा दुई लेन सडक सञ्चालनयोग्य बनाउने काम तीव्र गतिमा अघि बढिरहेको छ। साथसाथै ग्राभेल बिछ्याउने र सब९सर्फेस नाली निर्माणको काम पनि अगाडि बढेको डिभिजनले जनाएको छ ।
यात्रुलगायत सवारी आवागमनलाई छिटोभन्दा छिटो सहज, सुरक्षित र सञ्चालनमा ल्याउन निरन्तर फिल्डमै खटिरहेको डिभिजनको भनाइ छ । सरकारले भदौ २८ गतेभित्रै पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने बताएको थियो । तर अझै तीन चार दिन सडक निर्माणमा लाग्ने देखिएको छ ।
कृष्णभीरमा पहिरोले राजमार्ग हुँदा चाडपर्वका बेला राजधानी काठमाडौंलगायतका सहरमा खाद्यान्नदेखि अत्यावश्यक वस्तुको अभाव सिर्जना भएको छ । सबैभन्दा धेरै उपभोग्य खाद्यवस्तु, खाना पकाउने ग्यासलगानयतका वस्तुको संकट आइपरेको छ ।
सम्बन्धित समाचार
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
दशैं–तिहारको पारिवारिक भोजलाई अझ सहज बनाउँदै माइडियाको फ्री–स्ट्यान्डिङ कुकिङ रेन्ज
एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
ट्रेन्डिङ
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
