Jankari Kendra
२९ भाद्र २०८३, सोमबार
Worldlink

११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, भाद्र, २९
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

काठमाडौँ । धनुषाको हंसपुर नगरपालिका ५ का ३६५ परिवारले लामो प्रतिक्षापछि आफ्नो जग्गाको कानुनी स्वामित्व पाएका छन् । नापजाँच भएको करिब ११ वर्षपछि उनीहरुलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) विवरण गरिएको हो।

साबिक सुगा निकास गाविस क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयलाई नापी कार्यालय धनुषाले आवश्यक प्रक्रियापूरा गरी लालपुर्जा उपलब्ध गराएको हो।

उक्त क्षेत्रमा २०७२ सालमै नापजाँच सकिएको थियो भने नापनक्सा सम्पन्न भए पनि कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लालपुर्जा वितरण रोकिएको थियो । लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेपछि अहिले ३६५ परिवारले आफ्नो जग्गाको स्वामित्व प्राप्त गरेका छन् ।

लालपुर्जा पाएसँगै स्थानीयको जग्गा सम्बन्धी अधिकार कानुनी रुपमा स्थापित भएको छ । यसले जग्गाको कारोबार तथा आर्थिक उपयोग सहज बनाउनुका साथै भविष्यमा हुन सक्ने भूमिसम्बन्धी विवाद समाधानमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसअघि धनुषामा ३ हजार ६०१ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण भइसकेको छ ।

Top Changing Nepal

युट्युब सट्स