अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
काठमाडौँ । नेपाल राष्ट्र बैँकले वाणिज्य बैँकहरुलाई एटिएम मेसिनबाट १०० रुपैँया दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
राष्ट्र बैँकले सोमबार बैँकहरुलाई पत्र पठाउदैँ ग्राहकको सुविधालाई ध्यानमा राखेर एटिएमबाट १०० रुपैँयाका नोट उपलब्ध गराउन भनेको छ । हाल अधिकांश एटीएमबाट १ हजार र ५०० रुपैँया दरका नोट मात्रै वितरण हुदैँ आएका छन् ।
दशैँ नजिकिँदै गर्दा साना दरका नोटको माग बढ्ने र बैँकहरुमा नोट साट्ने ग्राहकको भीड बढ्ने भएकाले यस्तो व्यवस्था गर्न लागेको जनाएको छ । १०० रुपैँयाका नोट एटीएमबाटै निकाल्न मिल्ने भएपछि ग्राहकलाई साना दरका नोटका लागि बैँकको काउन्टरमा पुग्नुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।
राष्ट्र बैँकका अनुसार, केही बैँकसँगको छलफलका क्रममा प्राविधिक रुपमा एटीएमबाट १०० रुपैँयाका नोट वितरण गर्न सकिने जानकारी प्राप्त भएको थियो । त्यसैलाई आधार बनाएर सबै वाणिज्य बैँकलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।
चाडपर्वका समयमा बैँक तथा वित्तिय संस्थामा हुने भीड व्यवस्थापनसँगैँ सर्वसाधारणलाई सहज रुपमा नगद उपलब्ध गराउने उद्धेश्यले यो व्यवस्था अघि बढाइएको राष्ट्र बैँकले जनाएको छ ।
सम्बन्धित समाचार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
