Jankari Kendra
३० भाद्र २०८३, मंगलवार
Worldlink

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, भाद्र, ३०
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने

काठमाडौँ । नेपाल राष्ट्र बैँकले वाणिज्य बैँकहरुलाई एटिएम मेसिनबाट १०० रुपैँया दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

राष्ट्र बैँकले सोमबार बैँकहरुलाई पत्र पठाउदैँ ग्राहकको सुविधालाई ध्यानमा राखेर एटिएमबाट १०० रुपैँयाका नोट उपलब्ध गराउन भनेको छ । हाल अधिकांश एटीएमबाट १ हजार र ५०० रुपैँया दरका नोट मात्रै वितरण हुदैँ आएका छन् ।

दशैँ नजिकिँदै गर्दा साना दरका नोटको माग बढ्ने र बैँकहरुमा नोट साट्ने ग्राहकको भीड बढ्ने भएकाले यस्तो व्यवस्था गर्न लागेको जनाएको छ । १०० रुपैँयाका नोट एटीएमबाटै निकाल्न मिल्ने भएपछि ग्राहकलाई साना दरका नोटका लागि बैँकको काउन्टरमा पुग्नुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।

राष्ट्र बैँकका अनुसार, केही बैँकसँगको छलफलका क्रममा प्राविधिक रुपमा एटीएमबाट १०० रुपैँयाका नोट वितरण गर्न सकिने जानकारी प्राप्त भएको थियो । त्यसैलाई आधार बनाएर सबै वाणिज्य बैँकलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

चाडपर्वका समयमा बैँक तथा वित्तिय संस्थामा हुने भीड व्यवस्थापनसँगैँ सर्वसाधारणलाई सहज रुपमा नगद उपलब्ध गराउने उद्धेश्यले यो व्यवस्था अघि बढाइएको राष्ट्र बैँकले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स