युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
काठमाडौं । युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिज प्रा.लि. द्वारा आयोजित “युनाइटेड डिलर्स समिट २०८३” सफलतापूर्वक सम्पन्न भएको छ। कम्पनीका डिलर तथा व्यावसायिक साझेदारहरूबीचको सम्बन्धलाई थप सुदृढ बनाउने, उत्कृष्ट कार्यसम्पादनलाई सम्मान गर्ने तथा नयाँ उत्पादनहरू सार्वजनिक गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रम २१ देखि २५ सेप्टेम्बर २०२६ सम्म थाइल्याण्डको पटायास्थित द हलिडे रिसोर्ट, पटायामा सम्पन्न भएको बताइएको छ।
कार्यक्रममा कम्पनीका विभिन्न क्षेत्रका डिलर तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो भने भिडोल लुब्रिकेन्ट र नेपाल गोल्ड लुब्रिकेन्ट ब्रान्ड,भिडोल लुब्रिकेन्ट र नेपाल गोल्ड लुब्रिकेन्ट ब्रान्डका डिलर्सहरूले डिलर्स समिट २०८३ मार्फत कम्पनी र डिलरहरूबीच आपसी अनुभव, व्यवसायिक सम्भावना, बजारका अवसर तथा आगामी सहकार्यका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको कम्पनीले बताएको छ।

कार्यक्रमको अर्को प्रमुख आकर्षणका रूपमा भिडोल लुब्रिकेन्ट र नेपाल गोल्ड लुब्रिकेन्ट ब्रान्डका उत्कृष्ट डिलर तथा उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्तिहरूलाई अवार्ड सेरेमनी मार्फत सम्मान गरिएको जनाइएको छ। व्यवसायिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने डिलर तथा टप परफर्मरहरूको योगदानलाई कदर गर्दै उनीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको बताइएको छ।
यसै अवसरमा बाइक तथा स्कुटरका लागि नयाँ इन्जिन आयल, स्कुटर गियर आयल, चेन ल्युब साथै डिजेल एक्जस्ट फ्लुइड (डीईएफ) समेत सार्वजनिक गरिएको कम्पनीले जनाएको छ। नयाँ उत्पादनहरूको सुरुवातसँगै कम्पनीले ग्राहकको बदलिँदो आवश्यकता र बजारको मागअनुसार आफ्नो उत्पादन पोर्टफोलियोलाई थप विस्तार गर्ने दिशामा अघि बढेको बताएको छ। कार्यक्रममा व्यवसायिक छलफलसँगै विभिन्न इन्टरटेन्मेन्ट तथा इन्टरएक्टिभ एक्टिभिटिज समेत आयोजना गरिएको थियो भने यस्ता गतिविधिले डिलर र कम्पनीबीचको व्यावसायिक सम्बन्धलाई थप आत्मीय र मजबुत बनाउन सहयोग पुर्याएको जनाइएको छ।

कार्यक्रमबारे प्रकातिक्रिया दिँदै युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिज प्रा.लि.का डेप्युटी जनरल म्यानेजर दिनेश खनालले युनाइटेड डिलर्स समिट २०८३ सफल, फलदायी र ऊर्जावान रहेको बताए। उनका अनुसार, कार्यक्रमले कम्पनी र डिलरहरूबीचको सहकार्यलाई थप बलियो बनाउनुका साथै आगामी दिनमा व्यवसायिक विकास र नयाँ अवसरहरूका लागि सकारात्मक ऊर्जा प्रदान गरेको छ।
युनाइटेड डिलर्स समिट २०८३ ले कम्पनी, डिलर तथा व्यावसायिक साझेदारहरूबीचको सहकार्य, विश्वास र सम्बन्धलाई थप मजबुत बनाउँदै आगामी यात्राका लागि नयाँ उत्साह र ऊर्जा प्रदान गरेको कम्पनीको दाबी छ।

सम्बन्धित समाचार
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

