ब्ल्याकंडेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
काठमाडौँ । नेपालीहरूको महान चाड बडादशैं, तिहार तथा छठको पावन अवसर पारेर, सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको विश्वविख्यात अमेरिकी ब्रान्ड ब्ल्याकंडेकरले यही असोज ११ गतेदेखि लागू हुने गरी ”दशैं विथ ब्ल्याक+डेकर” नामक आकर्षक चाडपर्व योजना सार्वजनिक गरेको छ। “स्टाइलिस लिभिङ । स्मार्ट च्वाइसेस।” भन्ने मूल नाराका साथ प्रस्तुत गरिएको यस अभियानमार्फत ग्राहकहरूले प्रिमियम उपकरणहरूको खरिदमा आकर्षक पक्का उपहारदेखि बम्परमा विदेश भ्रमणसम्मको उत्कृष्ट अवसर प्राप्त गर्ने जनाइएको छ।
अमेरिकाको नम्बर १ ब्रान्डको रूपमा प्रिमियम ग्राहकहरूको पहिलो रोजाइ बन्न सफल ११६ वर्षको इतिहास बोकेको ब्ल्याक+डेकरले नेपाली उपभोक्ताको चाडपर्वलाई थप उल्लासमय र सुविधाजनक बनाउन यो बृहत् अफर बजारमा ल्याएको बताइएको छ।
यस योजनाअन्तर्गत ग्राहकहरूले प्राप्त गर्ने मुख्य अफरहरू निम्न प्रकार छन्ः
१.पक्का उपहार: ब्ल्याक+डेकरका तोकिएका उत्पादनहरूको खरिदमा ग्राहकहरूले इलेक्ट्रिक केटल, एप्रोन र एरोमा किट जस्ता आकर्षक पक्का उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
२.पाक्षिक लक्की ड्र: यस योजना अवधिभर हरेक १५ दिनमा हुने पाक्षिक लक्की ड्र मार्फत भाग्यशाली विजेताले ब्ल्याकंडेकरको मिक्सर (मोडेलः एमजी ५५०–आईएन) जित्न सक्ने बताइएको छ। कम्पनीका अनुसार,लक्की ड्रमा सहभागी हुनका लागि ग्राहकले विज्ञापन वा स्टोरमा उपलब्ध क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गर्नुपर्नेछ।
३.बम्पर लक्की ड्रः बम्पर उपहार स्वरूप भाग्यशाली विजेताले भियतनाम भ्रमण को उत्कृष्ट अवसर प्राप्त गर्ने बताइएको छ। लक्की ड्रमा सहभागी हुनका लागि ग्राहकले विज्ञापन वा स्टोरमा उपलब्ध क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गर्नुपर्नेछ।
४.२ वर्षको रिप्लेसमेन्ट वारेन्टीः कम्पनीका अनुसार,विश्वस्त गुणस्तरको सुनिश्चितता गर्दै ब्ल्याकंडेकरका उपकरणहरूमा ”२ वर्षको रिप्लेसमेन्ट वारेन्टी” प्रदान गरिएको छ।
असोज ११ गतेदेखि सुरु भई सीमित अवधिसम्म लागू हुने यो आकर्षक योजना नेपालभर रहेका २२ वटा अत्याधुनिक सिजी डिजिटल र ६ वटा एलजी ब्रान्ड शप शोरुमहरू, विस्तृत आधिकारिक बिक्रेता सञ्जाल तथा अनलाइन प्लेटफर्म cgdigital.com.np मार्फत सहज र सुलभ तरिकाले ग्राहक वर्गहरूले खरिद गर्न सक्ने जनाइएको छ।
सम्बन्धित समाचार
सेप्टेम्बरमा लिपमोटरको १ लाख ५ हजार ६५६ युनिट डेलिभरी, विश्वव्यापी कीर्तिमान कायम
लैनचौरमा सारथी इकुटरको नयाँ शोरुम सञ्चालनमा
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
ट्रेन्डिङ
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

