इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
ललितपुर । नेपाली साइबर सुरक्षा कम्पनी इन्साइट टेक्नोलोजी प्रा.लि.अन्तराष्ट्रीय पुरस्कार एआई इन साइबरसिक्युरिटी अवार्ड बाट समानित भएको छ। इन्डोनेसियाको जकार्तामा आयोजित एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा इन्साइट टेक्नोलोजीले सुचना प्रविधी तथा साइबर सुरक्षा प्रविधीमा पुराएको योगदान को कदर स्वरुप उक्त पुरस्कार प्रदान गरिएको बताइएको छ ।
एएसओसिआईओ एसिया र ओशिनियाका २५ भन्दा बढी देशका राष्ट्रिय प्रविधि एसोसिएसनहरू समेटिएको एक क्षेत्रीय आईसीटी उद्योग सं-संस्था हो। सन् १९८४ मा स्थापित यस संस्थाले डिजिटल अर्थतन्त्रको विकास, क्षेत्रीय प्रविधि सहकार्य र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै आएको छ भने यो सम्मान विभिन्न संवेदनशील क्षेत्रका संस्थाहरूको साइबर सुरक्षा परीक्षण, प्रतिक्रिया, निगरानी र सुदृढीकरणमा एआईको प्रभावकारी प्रयोग गरेबापत प्रदान गरिएको जनाइएको छ।
७ अक्टोबर २०२६ मा जकार्तास्थित स्विसोटेल जकार्ता पीआईके एभिन्यूमा आयोजित अवार्डी शोकेस कार्यक्रममा इन्साइट टेक्नोलोजीका प्रबन्ध निर्देशक तथा सीईओ सुमन के. शर्माले एएसओसिआईओ बोर्ड, अवार्ड विजेताहरू तथा एसिया–ओसियाना क्षेत्रका प्रविधि विज्ञहरूसमक्ष कम्पनीको यात्रा, उपलब्धि र साइबर सुरक्षा दृष्टिकोण प्रस्तुत गरेका बताइएको छ।
सन् २०११ मा आईटी सोलुसन इन्टिग्रेटरको रूपमा स्थापित इन्साइट टेक्नोलोजी हाल सयौं संस्थाहरूलाई सेवा दिने साइबर सुरक्षा र म्यानेज्ड टेक्नोलोजी सेवा प्रदायकको रूपमा विकसित भएको जनाइएको छ।
इन्साइट टेक्नोलोजी प्रालिका प्रबन्ध निर्देशक तथा सीईओ सुमन के. शर्माले भने, “यो अवार्ड हाम्रा इन्जिनियरहरू, हाम्रा विश्लेषकहरू र नेपाली कम्पनीका अति संवेदनशील प्रणालीहरूमा विश्वास गर्ने हाम्रा राष्ट्रीय, अन्तराष्ट्रीय ग्राहकहरूको हो। हामीले प्रत्येक संस्थालाई उन्नत साइबर सुरक्षा पहुँचयोग्य बनाउन इन्साइट टेक्नोलोजीको स्थापना गरेका हौं। हामी क्षेत्रीय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न र नेपाली प्रविधि कम्पनीहरूले विश्वव्यापी साइबर सुरक्षा इकोसिस्टममा कस्तो योगदान दिन सक्छन् भन्ने, प्रदर्शन गर्न पाँउदा गौरवान्वित भएका छौ ।”
इन्साइट टेक्नोलोजी प्रा. लि. एक साइबर सुरक्षा सेवा प्रदायक हो, जसले बिगत १५ बर्ष देखी राष्ट्रीय तथा अन्तराष्ट्रीय रुपमा विविध सुचना प्रविधी र साइबर सुरक्षा प्रविधी संबन्धी सेवा हरु प्रदान गर्दै आइरहेको बताइएको छ ।
सम्बन्धित समाचार
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
