Jankari Kendra
२८ आश्विन २०८३, बुधबार

हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, आश्विन, २८
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक

काठमाडौँ । काठमाडौँको टेकूस्थित क्यूजे मोटरको नयाँ शोरुममा आयोजित एक विशेष कार्यक्रमका बिच हाम्स (एचएएमएस) ग्रुपको अटोमोटिभ व्यावसायिक शाखा हाइली एडभान्स मोटर्स (एचएएमएस) ले नेपालमा आधिकारिक रूपमा विश्वप्रसिद्ध क्यूजे मोटर ब्रान्डका दुई पाङ्ग्रे सवारी साधनहरू सार्वजनिक गरेको छ। उक्त कार्यक्रममा नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्काले मुख्य अतिथिको रूपमा सहभागी भई क्यूजे मोटरका नयाँ बाइक तथा स्कुटरहरूको आधिकारिक अनावरण गरेका हुन।

सन् १९८५ मा स्थापना भएको क्यूजे मोटर विश्वकै अग्रणी जिली ग्रुप अन्तर्गतको ब्रान्ड हो, जसले प्रसिद्ध इटालियन ब्रान्ड बेनेलीको स्वामित्व लिनुका साथै हार्ले-डेभिडसनका लागि समेत बाइकहरू निर्माण गर्दै आएको जनाइएको छ। चीनको २५० सीसी भन्दा माथिका प्रिमियम बाइक खण्डमा लगातार ११ वर्षसम्म शीर्ष स्थान हासिल गर्न सफल यस ब्रान्डले मोटोजीपीका मोटो-२, मोटो-३ र वर्ल्ड सुपरबाइक च्याम्पियनसिप (डब्लूएसबीके) जस्ता अन्तर्राष्ट्रिय रेसिङ प्रतियोगिताहरूमा समेत आफ्नो बलियो उपस्थिति जनाइसकेको कम्पनीको दाबी रहेको छ।

नेपाली बजारमा प्रवेशसँगै क्यूजे मोटरले पेट्रोल (आईसीई) र विद्युतीय (ईभी) दुवै खण्डका दुई पाङ्ग्रे सवारी साधनहरू सार्वजनिक गरेको छ। जसमा २४९सीसी शक्तिशाली इन्जिनको एसआरभी २५० एस, १७५ सीसी इन्जिन युक्त एसआरके १८० एस, १२५ सीसी लिक्विड कुल्ड एसआरके १२५ एस, र एन्टी-थेफ्ट तथा कि-लेस इग्निसन सुविधा युक्त आरकेओ १२५ पी रहेका बताइएको छ। यी उत्पादनहरूको मूल्य रु.३,२९,९०० देखि रु. ९,७९,००० सम्म निर्धारण गरिएको छ, जुन प्रारम्भिक शुभारम्भ (इन्ट्रोडक्टरी अफर) तथा दसैँ पर्वको विशेष अवसरका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ।

ब्रान्डको भव्य शुभारम्भ तथा दसैँको पावन अवसर पारेर कम्पनीले ग्राहकहरूका लागि विशेष छुट र उपहारहरूको पनि घोषणा गरेको बताएको छ। कम्पनीका अनुसार,यस अफर अन्तर्गत छनोट गरिएका मोडलहरूमा रु.२०,००० सम्मको नगद छुट, ५ जना ग्राहकलाई रु.१०,००० सम्मको स्मार्टवाच, र ३ जना भाग्यशाली विजेताहरूलाई रु.१,००,००० सम्मको शैक्षिक छात्रवृत्ति प्रदान गरिनेछ।

कार्यक्रममा हाम्स ग्रुपका अध्यक्ष आर.एस.भण्डारीले भने, ”आज हामी हाम्स ग्रुपको अटोमोटिभ यात्रामा एउटा नयाँ र ऐतिहासिक अध्याय जोड्दै छौँ, जसमा गिली, बेनेली र हार्ले-डेभिडसनजस्ता विश्वस्तरीय ब्रान्डहरूको साथ नेपालकै बजारमा भित्र्याउन पाउँदा हामी गर्व महसुस गर्छौँ।” साथै, सो अवसरमा बोल्दै हाइली एडभान्स मोटर्स (एचएएमएस) का कार्यकारी निर्देशक समीर भण्डारीले भने, “हाम्रो मुख्य उद्देश्य भनेकै विश्वासको वातावरण सिर्जना गर्नु हो। क्यूजे मोटर एउटा विश्वस्तरीय र गुणस्तरीय ब्रान्ड हो, र हाइली एडभान्स मोटर्स (एचएएमएस) ले अटोमोबाइल क्षेत्रका ग्राहकहरूले दशकौँदेखि गर्दै आएको विश्वासलाई निरन्तरता दिँदै पूर्ण सुनिश्चितता प्रदान गर्नेछ।”

 

Top Changing Nepal

युट्युब सट्स