Jankari Kendra
२८ आश्विन २०८३, बुधबार

यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, आश्विन, २८
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैं नजिकिँदै गर्दा घर–परिवारमा भेटघाट,आत्मीयता, खुसी र उत्सवको माहोल सुरु भएको छ। यही अवसरमा केन्ट आरओले यस दशैंलाई अझ स्वस्थ, सुरक्षित र यादगार बनाउँदै शुद्ध पानीसँगै परिवारको स्वास्थ्य र खुसी मनाउन सबैलाई आह्वान गरेको जनाइएको छ।

दशैं केवल टीका र जमराको पर्व मात्र होइन, परिवार तथा आफन्तसँग समय बिताउने, मिठा परिकार बाँड्ने र खुसी साटासाट गर्ने विशेष अवसर पनि हो। यस्तो महत्त्वपूर्ण समयमा परिवारको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सफा, शुद्ध र सुरक्षित पिउने पानीलाई दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा बनाउन सकिन्छ।

‘शुद्ध पानी, स्वस्थ भोलिका लागि’ भन्ने प्रतिबद्धतासहित केन्ट आरओले आधुनिक प्रविधिबाट पानीमा रहेका हानिकारक अशुद्धता हटाउँदै आवश्यक खनिजहरू कायम राख्ने उद्देश्यका साथ विभिन्न पानी शुद्धीकरण उपकरणहरू उपलब्ध गराउँदै आएको कम्पनीले जनाइएको छ।

केन्ट आरओका प्रमुख विशेषताहरूमध्ये पानीमा रहेका हानिकारक अशुद्धताहरू हटाउन सहयोग गर्दै सुरक्षित पिउने पानी उपलब्ध गराउनु, पानी शुद्धीकरणसँगै शरीरका लागि आवश्यक खनिजहरू कायम राखेर पानीको पोषणात्मक गुणलाई ध्यानमा राख्नु तथा परिवारका लागि सुरक्षित र स्वादिलो पानी उपलब्ध गराउनु रहेका बताइएको छ। केन्टका पानी शुद्धीकरण उपकरणहरूलाई लाखौँ परिवारले विश्वास गर्दै आएका छन् भने पानी शुद्धीकरणको क्षेत्रमा २५ वर्षको अनुभव बोकेको केन्टले प्रविधि, गुणस्तर र शुद्ध पानीप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै आएको कम्पनीको दाबी छ। साथै, प्रचार सामग्रीमा देखाइएको उत्पादनमा १२ महिनाको वारेन्टीसमेत उल्लेख गरिएको जनाइएको छ।

यस दशैंमा पनि केन्ट आरओले परिवारसँगै बसेर मनाइने हरेक खुसीको पलमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको महत्त्व सम्झाउन चाहनुका साथै दशैंको पावन अवसरमा केन्ट आरओले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र पारिवारिक खुसीको हार्दिक शुभकामना व्यक्त गर्दै केन्टका घरायसी सामग्रीहरू खरिद गरी यो दशैं स्वस्थ रूपमा मनाउन आह्वान गरेको छ।

Top Changing Nepal

युट्युब सट्स