Jankari Kendra
२९ आश्विन २०८३, बिहीबार

यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, आश्विन, २९
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी

काठमाडौँ । नेपालीहरूको महान् पर्व दशैं नजिकिँदै गर्दा घर–परिवारमा भेटघाट, रमाइलो र उत्सवको माहोल सुरु भएको छ। दशैंमा परिवारसँगै बसेर मिठा परिकार बनाउने, खाने र खुसी साटासाट गर्ने परम्परा छ। यही विशेष अवसरमा एलिकाले नेपाली परिवारका लागि स्वच्छ हावा, आरामदायी भान्सा र खुसीका अविस्मरणीय पलहरूको सन्देशसहित दशैंको शुभकामना व्यक्त गरेको छ।

कम्पनीका अनुसार,“अ ब्रीथ अफ फ्रेसनेस” भन्ने भावनासहित एलिका चिम्नीले खाना पकाउँदा उत्पन्न हुने धुवाँ, गन्ध र भान्साको हावालाई व्यवस्थापन गर्न सहयोग गर्दै भान्सालाई अझ सहज र आरामदायी बनाउन केन्द्रित प्रविधि प्रस्तुत गर्दछ।

एलिका चिम्नीमा ऊर्जा बचत गर्ने प्रविधि, खाना पकाउँदा निस्कने धुवाँ र गन्धलाई प्रभावकारी रूपमा तान्ने शक्तिशाली क्षमता तथा भान्सालाई शान्त र आरामदायी बनाउने प्रविधि रहेका छन् भने यसको भोल्टेज उतारचढावअनुकूल प्रविधिले १४० देखि २७० भोल्टसम्मको विद्युत् प्रवाहमा सञ्चालन गर्न सहयोग गर्ने जनाइएको छ। त्यस्तै, आवश्यकताअनुसार धुवाँ तान्ने गति समायोजन गर्ने प्रविधिले भान्साको वातावरणलाई सहज बनाउन मद्दत गर्ने बताइएको छ। कम्पनीले आफ्नो चिम्नीको मोटरमा १५ वर्षको वारेन्टी प्रदान गर्दै दीर्घकालीन विश्वास र भरोसालाई जोड दिएको जनाइएको छ।

दशैंमा घरको भान्सा अझ बढी व्यस्त हुन्छ। परिवारका लागि विभिन्न परिकार तयार पार्दा धुवाँ र गन्ध पनि बढ्न सक्छ भने यस्तो अवस्थामा एलिका चिम्नीले “क्लिनर एयर, ह्यापियर मिल्स, अ मोर ब्युटिफुल होम” को अवधारणालाई आत्मसात् गर्दै भान्साको अनुभवलाई अझ सुखद बनाउन सहयोग गर्ने लक्ष्य राख्ने एलिकाले बताएको छ।

Top Changing Nepal

युट्युब सट्स