वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
वीरगंज । नेपालकै अग्रणी टायल ब्राण्ड कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो आधिकारिक डिलर नेटवर्क विस्तार गर्दै अप्सरा सप्लायर्स संचालनमा ल्याएको छ। यस नयाँ शोरूममार्फत वीरगंज तथा आसपासका क्षेत्रका घरधनी, निर्माण व्यवसायी, आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूलाई कजारियाका प्रिमियम फ्लोर तथा वाल टायलहरूको विविध सङ्ग्रह सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखिएको जनाइएको छ।
नयाँ शोरूमको औपचारिक उद्घाटन बिहीबार, २०८३ असोज २९ गते दिउँसो १२ः३० बजे सम्पन्न भएको बताइएको छ । उद्घाटन समारोहमा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल वर्ल्ड २०२६ दीपमाला ढकालको उपस्थितिमा भएको थियो भने कार्यक्रममा अप्सरा सप्लायर्सका प्रतिनिधिहरूको समेत सहभागिता रहेको जनाइएको छ।
ग्राहकलाई सहज र सुविधाजनक अनुभव प्रदान गर्ने उद्देश्यले व्यवस्थित गरिएको यस शोरूममा कजारियाका विभिन्न डिजाइन, प्याटर्न, टेक्स्चर तथा फिनिसिङका टायलहरू अवलोकन गर्न सक्नुका साथै ग्राहकहरूले उपलब्ध सङ्ग्रहहरू प्रत्यक्ष रूपमा हेरेर आफ्नो घर तथा व्यवसायिक परियोजनाका लागि उपयुक्त टायल छनोट गर्न सक्ने बताइएको छ।
उद्घाटनका क्रममा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले भने, “अप्सरा सप्लायर्सलाई हाम्रो आधिकारिक डिलर नेटवर्कमा स्वागत गर्न पाउँदा हामी खुसी छौँ । वीरगंजमा यस नयाँ शोरूमको संचालनसँगै हामी ग्राहकहरूलाई हाम्रा विविध डिजाइनका सङ्ग्रहहरूको पहुँचमा ल्याउँदै उहाँहरूको घर निर्माण तथा पुनर्निर्माणका आवश्यकताहरू पूरा गर्न डिजाइन, टिकाउपन र उत्कृष्ट कार्यसम्पादनको संयोजन भएका उत्पादनहरू उपलब्ध गराउन चाहन्छौँ।”
यस शोरूमले अब सर्वसाधारणका लागि सेवा सुरु गरिसकेको छ भने नगवा, वीरगंज तथा आसपासका क्षेत्रका ग्राहकहरूलाई शोरूममा उपस्थित भई कजारियाका नवीनतम टायल सङ्ग्रहहरू अवलोकन गर्न निमंत्रण गरिएको कजारियाले जनाएको छ।
कजारिया रमेश टायल्स लिमिटेडका बारेमा
कजारिया रमेश टायल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमार्फत उच्च प्रविधि र विश्वस्तरीय गुणस्तरका टायल उत्पादन गर्दै आएको जनाइएको छ। कम्पनीले सुपरब्रान्ड २०२५, ‘एशियाज् मोस्ट प्रमिसिङ ब्रान्ड’ तथा एनएस क्वालिटी अवार्ड २०२६ प्राप्त गर्नुका साथै विश्वको आठौँ ठूलो टायल उत्पादकको पहिचान बनाएको बताइएको छ। कम्पनीका अनुसार,आईएसओ ९००१ः२०१५, आईएसओ १४००१ः२०१५ प्रमाणीकरण र आईजीबीसी सदस्यता प्राप्त कम्पनीका नेपालभर १०० भन्दा बढी शोरूम र ३ हजारभन्दा बढी डिजाइन विकल्प उपलब्ध छन्। यसको उत्पादनमा विभिन्न आकारका ग्लेज्ड भिट्रिफाइड, सेरामिक वाल र हेभी ड्युटी भिट्रिफाइड टायल समावेश छन्, जसले आधुनिक डिजाइन, मजबुती, टिकाउपन तथा पानी र दाग प्रतिरोधी क्षमता प्रदान गर्ने जनाइएको छ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
