दशैं–तिहारको पारिवारिक भोजलाई अझ सहज बनाउँदै माइडियाको फ्री–स्ट्यान्डिङ कुकिङ रेन्ज
काठमाडौं। नेपालीहरूको महान् पर्व दशैं तथा तिहारलाई लक्षित गर्दै विश्वप्रसिद्ध होम एप्लायन्स ब्रान्ड माइडिया ले आफ्ना फ्री–स्ट्यान्डिङ कुकिङ रेन्जमा विशेष उत्सव अफर सार्वजनिक गरेको छ। चाडपर्वका बेला परिवार, आफन्त र साथीभाइसँग विभिन्न परिकार तयार गरी खुसी साट्ने परम्परालाई थप सहज बनाउन माइडियाले आधुनिक डिजाइन, बहुउपयोगी कुकिङ सुविधा र आकर्षक क्यासब्याकसहितका कुकिङ रेन्ज उपलब्ध गराएको बताएको छ।
माइडियाका फ्री–स्ट्यान्डिङ कुकिङ रेन्जले कुकटप र ओभनको सुविधा एउटै उपकरणमा उपलब्ध गराउँछन् भने चाडपर्वमा एकैपटक विभिन्न परिकार तयार गर्नुपर्ने व्यस्ततालाई ध्यानमा राख्दै डिजाइन गरिएका यी उत्पादनले खाना पकाउने समय र भान्साको काम व्यवस्थापनलाई सहज बनाउन सहयोग गर्ने जनाइएको छ।
कम्पनीका अनुसार,नेपाली बजारमा माइडियाका एफएससी–६०० बीएक्स र एफएससी–६०१६ ईएसमोडल उपलब्ध रहनुका साथै एफएससी–६०० बीएक्स मा ६० लिटर क्षमताको ग्यास ओभन रहेको छ भने एफएससी–६०१६ ईएस मा ६१ लिटर क्षमताको इलेक्ट्रिक ओभन उपलब्ध छ। उपभोक्ताले आफ्नो खाना पकाउने शैली, परिवारको आकार र आवश्यकताअनुसार उपयुक्त मोडल छनोट गर्न सक्ने जनाइएको छ।
एफएससी–६००बीएक्स र एफएससी–६०१६ ईएस दुवै मोडलमा कुल ४ वटा ग्यास बर्नर उपलब्ध रहेको बताइएको छ। चारै बर्नर फरक–फरक आकार र फ्लेम आउटपुट का छन्, जसले कम तापमा सिमर गर्नेदेखि उच्च तापमा छिटो पकाउनेसम्म विभिन्न कुकिङ रिक्वायरमेन्ट अनुसार उपयुक्त बर्नर छनोट गर्न सहज बनाउँनुका साथै यी कुकिङ रेन्जमा कन्भेक्सन फ्यान, इन्टेरियर लाइट, मेकानिकल कन्ट्रोल तथा पुश–बटन इग्निसनजस्ता सुविधाहरू समावेश रहेको जनाइएको छ।
ठूलो ओभन क्याभिटी र र्याक राख्न मिल्ने सुविधाले बेकिङ, रोस्टिङ तथा विभिन्न प्रकारका परिकार तयार गर्न थप लचकता प्रदान गर्छ। स्टेनलेस स्टिल फिनिस र आधुनिक कन्ट्रोल प्यानल ले उत्पादनलाई आकर्षक बनाउनुका साथै आधुनिक भान्सासँग सहज रूपमा मेल खाने डिजाइन प्रदान गर्ने बताइएको छ ।
माइडियाका यी फ्री–स्ट्यान्डिङ कुकिङ रेन्जमा २ वर्षको वारेन्टी उपलब्ध छ भने यसले उपभोक्तालाई उत्पादन खरिद गर्दा थप विश्वास र दीर्घकालीन प्रयोगमा सहजता प्रदान गर्ने कम्पनीको विश्वास छ।
दशैं–तिहारको अवसरमा माइडिया फ्री–स्ट्यान्डिङ कुकिङ रेन्ज खरिद गर्ने ग्राहकले आकर्षक क्यासब्याक सुविधा समेत प्राप्त गर्न सक्नुका साथै यस अफरले आधुनिक र बहुउपयोगी किचन उपकरण खरिद गर्न चाहने उपभोक्तालाई चाडपर्वको समयमा थप मूल्य र लाभ प्रदान गर्ने अपेक्षा गरिएको जनाइएको छ। अफर तथा क्यासब्याकमा कम्पनीका लागू सर्तहरू रहने कम्पनीले बताएको छ।
यस दशैं–तिहार, माइडियाको फ्री–स्ट्यान्डिङ कुकिङ रेन्जसँग स्वादिष्ट परिकार सजिलै तयार गरी परिवारसँगका उत्सवका पललाई अझ विशेष र यादगार बनाउन सकिने जनाइएको छ।
चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्स ले नेपालमा माइडियाका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ भने नेपालभरिका आधिकारिक डिलर नेटवर्क, २२ वटा सीजी डिजिटल शोरुम तथा cgdigital.com.np मार्फत माइडियाका विभिन्न उत्पादनहरू उपलब्ध रहेको बताइएको छ। उपभोक्ताले आफ्नो परिवारको आकार, घरायसी आवश्यकता र जीवनशैलीअनुसार विभिन्न मोडलहरू छनोट गर्न सक्ने जनाइएको छ।
सम्बन्धित समाचार
एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
ट्रेन्डिङ
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
