Jankari Kendra
१२ कार्तिक २०८३, बुधबार

अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, कार्तिक, १२
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि

काठमाडौँ । नागरिकताको प्रतिलिपि लिन अब नागरिकता जारी भएको जिल्लामै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ । सरकारले सातै प्रदेशका नागरिकलाई काठमाडौँ उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिने व्यवस्था गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार प्रदेशअनुसार नागरिकताको प्रतिलिपि लिनुपर्ने कार्यालय तोकिएको छ । बागमती,गण्डकी र लुम्बिनी प्रदेशबाट नागरिकता लिएकाले काठमाडौँ जिल्ला प्रशासन कार्यालय तथा मातहतका कार्यालयबाट सेवा लिन सक्नेछन् ।

त्यस्तैगरी कणार्ली र सुदूरपश्चिम प्रदेशका नागरिकले ललितपुर जिल्ला प्रशासन कार्यालयबाट तथा कोशी र मधेस प्रदेशका नागरिकले भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट प्रतिलिपी लिन सक्नेछन्।

नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसुचीको बँदा नम्बर २१ र नेपाल नागरिकता (पाँचौँ संशोधन)नियमावली,२०८३ अनुसार यो व्यवस्था लागू गरिएको हो ।

आगलागी,बाढी वा पानीले भिजेर नागरिकता नष्ट भएको ,च्यातिएको ,हराएको ,नयाँ ढाँचामा आवश्यक परेको वा अन्य कारणले प्रतिलिपि लिनुपर्ने व्यक्तिले यस सुविधामार्फत सेवा पाउनेछन्।

प्रतिलिपिका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ । बागमती ,गण्डकी र लुम्बिनी प्रदेशबाट नागरिकता लिएका व्यक्तिको जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणली र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणलीमा रहेको विवरणसँग मेल खानुपर्नेछ ।

तर अभिलेख नभेटिएमा वा नाम,थर,जन्ममिति लगायतका विवरण सच्याएर प्रतिलिपि लिनुपर्ने भएमा भने नागरिकता जारी भएको मूल जिल्लामै सम्पर्क गर्नुपर्नेछ । नागरिकताको विवरण पहिलो दृश्टिमै शंकास्पद देखिएमा पनि सम्बन्धित जिल्लामै जानुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स