मात्र ९.९९ लाखमै फ्ल्यागसिप जीएसी आयोन भी घर लैजान सकिने, ११ वर्षको वारेन्टीसहित विशेष योजना सार्वजनिक
काठमाडौँ । प्रिमियम र विद्युतीय पारिवारिक एसयूभी घर लैजान चाहने नेपाली ग्राहकहरूका लागि अब यो अवसर अझ सहज बनेको छ। नेपालमा जीएसी आयोन विद्युतीय सवारी साधनको आधिकारिक वितरक सीजी मोटर्सले आयोन भीका लागि सीमित अवधिको विशेष ओनरसिप स्किम सार्वजनिक गरेको छ, जसअन्तर्गत नेपाली परिवारहरूले ९.९९ लाख रुपैयाँको डाउन पेमेन्टमा नयाँ पुस्ताको एसयूभी आयोन भी घर लैजान सक्ने जनाइएको छ। साथै,सीजी मोटर्सले नेपालभर रहेका २६०ं चार्जिङ स्टेसन, निःशुल्क बीमा, सडक कर, नगद छुट तथा उद्योगकै अग्रणी ११ वर्षको वारेन्टी सहितको आकर्षक ओनरसिप प्याकेज सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार,पारिवारिक सवारी साधनतर्फको अपग्रेड लाई अझ सहज बनाउने उद्देश्यले ल्याइएको यस योजनाले सुरुवाती आर्थिक भार कम गर्नुका साथै खरिदसँगै विभिन्न अतिरिक्त सुविधाहरू प्रदान गर्दछ। यस योजनाअन्तर्गत आयोन भी बुक गर्ने ग्राहकले सुरुदेखि नै थप ओनरसिप सुविधा प्राप्त गर्नेछन् । जसमा एक वर्षको अटोप्लस इन्स्योरेन्सअन्तर्गत अतिरिक्त शुल्कबिना पूर्ण बीमा सुरक्षा, सडक कर पूर्ण रूपमा समावेश, आकर्षक क्यास डिस्काउन्ट तथा एक्सचेन्ज बोनस उपलब्ध हुनुका साथै पुरानो सवारी साधनबाट नयाँ आयोन भीमा सहज अपग्रेड गर्न सकिने र जेन्युइन आयोन एसेसरिजसमेत प्राप्त हुने बताइएको छ ।
९.९९ लाख रुपैयाँको आकर्षक इन्ट्री पोइन्ट बाहेक पनि आयोन भी ले फराकिलो क्याबिन स्पेस, स्मार्ट ककपिट टेक्नोलोजी तथा नेपाली शहर र राजमार्गका लागि उपयुक्त लङ रेन्ज ड्राइभिङ कन्फिडेन्स सहित आफूलाई एक उत्कृष्ट पारिवारिक एसयूभी का रूपमा प्रस्तुत गर्ने जनाइएको छ।
यस भ्यालु प्रपोजिसनलाई अझ बलियो बनाउँदै जीएसी आयोनले दीर्घकालीन रिलायबिलिटी प्रति आफ्नो प्रतिबद्धता प्रस्तुत गरेको छ। प्रत्येक आयोन भी मा ११ वर्षको एक्सटेन्डेड वारेन्टी उपलब्ध छ, जसले एक दशकभन्दा लामो समयसम्मको ड्राइभिङ एक्सपेरियन्स मा परिवारलाई थप कन्फिडेन्स प्रदान गर्ने बताइएको छ। विश्वभर ३० मिलियन ग्राहकको विश्वास प्राप्त गरेको र गुणस्तरीय प्रविधिका लागि परिचित जीएसी आयोनले नेपालमा सुरक्षित तथा भरपर्दो विद्युतीय मोबिलिटीको नयाँ मापदण्ड प्रस्तुत गर्दै आएको दाबी गरिएको छ।
कम्पनीका अनुसार,ग्राहकले नजिकैको सीजी मोटर्स/जीएसी आयोन शोरुममा गएर टेस्ट ड्राइभ लिन र ९.९९ लाख रुपैयाँको स्किमबारे जानकारी लिन सक्नेछन् । यो योजना सीमित अवधिका लागि मात्र उपलब्ध हुने बताइएको छ ।
सम्बन्धित समाचार
बुधबार नेप्से ८.६६ अंकले उकालो, २६४७.६१ बिन्दुमा कारोबार
अब भारत जाने नेपालीले नेपाली क्यूआरबाटै रकम भुक्तानी गर्न सकिने
आईपीएल खेल्न १० नेपाली खेलाडीले गराए नाम दर्ता
सुन र चाँदीको मूल्यमा भारी गिरावट, सुन तोलामा ६५ सय र चाँदी १०५ रुपैयाँले घट्यो
अयोध्या–जनकपुर रेल सेवा सुरु, एक हजार यात्रु बोकेको रेल जनकपुर आइपुग्यो
किशोरकिशोरीको टिकटक गतिविधि अब अभिभावकले निगरानी गर्न सक्ने ,नयाँ पिचर सार्वजनिक
ट्रेन्डिङ
शाखा अधिकृत र नासु बन्न चाहने युवाका लागि तयारी कक्षा सुरु गर्ने सरकारको तयारी ,आवेदन प्रक्रिया सुरु
नेपाल बैंकको मोबाइल एपबाटै बिना धितो २ लाख रुपैयाँसम्म कर्जा लिन सकिने
यान्त्रीकरण प्रदर्शनीमा दैनिक ५० जनालाई उपहार, अन्तिम दिन मिनी ट्रेलर जित्ने मौका
रेडक्रसको सदस्यता अब अनलाइनबाटै, मोबाइल एपबाट लिन र नवीकरण गर्न सकिने
आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आजदेखि सुरु
