Jankari Kendra
११ मंसिर २०८३, बिहीबार

नबिल बैंक भिसा इन्टरनेशनलको दुई विधाका अवार्डद्वारा सम्मानित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, मंसिर, ११
नबिल बैंक भिसा इन्टरनेशनलको दुई विधाका अवार्डद्वारा सम्मानित

काठमाडौँ । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्वपूर्ण दुई विधामा अवार्ड जितेको छ । बैंकले यस वर्ष एक्सिलेन्स इन कन्ट्याक्टलेस–इसुइङ र एक्सिलेन्स इन इ–कमर्श एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट विधामा अवार्ड जितेकोे बताइएको छ ।

काठमाडौँस्थित मेरियट होटेलमा सोमबार आयोजित भिसा लिडरसिप कन्क्लेभमा नबिल बैंकका प्रतिनिधिले उक्त विधाका अवार्डहरु ग्रहण गरेका थिए भने यस अघि पनि उक्त विधाहरुमा नबिल बैंकको वर्चस्व रहदै आएको जनाइएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले यस अवार्डले ग्राहकवर्गको सुविधा र सहजतालाई ध्यानमा राखी निरन्तर नवीनता र नवप्रवर्तनलाई आत्मसात् गर्न थप उर्जा प्राप्त भएको बताए । उनले भने, “हामीलाई यस अवार्डले विश्वसनीय र डिजिटल रूपमा सशक्त नेपालको निर्माणप्रति प्रतिबद्ध रहन थप प्रेरणा प्रदान गरेको छ,”

भिसा इन्टरनेशनल कार्र्डप्रदायक कम्पनी हो । नेपालमा भिसाले बर्सेनि भिसा लिडरसिप कन्क्लेभ समापन गर्दै आइरहेको बताइएको छ । नेपालमा डिजिटल भुक्तानी प्रणालीको विकास र विस्तारमा भिसाले एक महत्वपूर्ण उत्प्रेरकको भूमिका निर्वाह गर्दै आएको जनाइएको छ ।

नबिल बैंक नेपालको एक अग्रणी बैंक हो भने चार दशकभन्दा लामो बैंकिङ यात्रामा नबिलले नवीन सेवा तथा प्रविधिमार्फत बैंकिङलाई थप सहज, आधुनिक र पहुँचयोग्य बनाउँदै आएको दाबी गरिएको छ । बैंकले ग्राहक, समुदाय र समग्र देशको अर्थतन्त्रका लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यसाथ ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई थप सशक्त रूपमा अगाडि बढाएको जनाइएको छ । बैंकले देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटिएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

 

Top Changing Nepal

युट्युब सट्स