Jankari Kendra
१२ मंसिर २०८३, शुक्रबार

गण्डकी प्रदेश लोकसेवाले माग्यो १९५ कर्मचारी, कुन पदमा कति जनाको माग ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, मंसिर, १२
गण्डकी प्रदेश लोकसेवाले माग्यो १९५ कर्मचारी, कुन पदमा कति जनाको माग ?

काठमाडौँ । सरकारी सेवामा प्रवेश गर्न चाहनेका लागि गण्डकी प्रदेशमा नयाा अवसर खुलेको छ । प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती र स्थानीय सेवाका विभिन्न पदमा गरी १९५ जनाका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले सार्वजनिक गरेको विज्ञापनअनुसार प्रदेश सेवातर्फ ८५ र स्थानीय सेवातर्फ ११० पदमा कर्मचारी छनोट गरिनेछ । कुल रिक्त पदमध्ये १४५ प्राविधिक र ५० अप्राविधिक समूहका छन् । प्राविधिकतर्फ स्टाफ नर्सका लागि सबैभन्दा धेरै ४१ पद खुलाइएको छ भने सब इन्जिनियरमा २२,हेल्थ असिस्टेन्टमा १८ र कृषि प्राविधिक सहायकमा १७ पदमा रहेका छन् ।

अप्राविधिक तर्फ वरिष्ठ प्रशासन सहायकका ३८ पदमा आवेदन माग गरिएको छ । त्यस्तैगरी वरिष्ठ आन्तरिक लेखा परीक्षण सहायकमा ५,वरिष्ठ लेखा सहायकमा ३ र महिला विकास निरीक्षकमा २ पदका लागि विज्ञापन गरिएको छ । इच्छुक उम्मेदवारले आवश्यक योग्यता,आवेदन शुल्क र म्यादलगायतका विवरण आयोगको आधिकारिक वेबसाइट गण्डकी प्रदेश लोक सेवा आयोग बाट हेर्न सकिन्छ ।

Top Changing Nepal

युट्युब सट्स