चिनियाँ उच्च नेता नेपाल आउँदै
जानकारी केन्द्र
२०७३, मंसिर, २८
चीनका एक उच्च नेता पुस ३ गते नेपाल भ्रमणमा आउने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका प्रचार विभाग प्रमुख लिउ छिपाओ नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गरी चार्टर्ड फ्लाइटबाट काठमाडौं आउने कार्यक्रम रहेको छ ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार गठन भएयता उत्तरी छिमेकी चीनबाट नेपाल आउन लागेका लिउ उच्च अधिकारी हुन् । तीनदिने भ्रमणमा नेता लिउले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै चीनको स्वशासित क्षेत्र तिब्बतका पिपुल्स कांग्रेसका अध्यक्ष बाइमा छिली पुस ५ गते काठमाडौं आउँदैछन् । उनको भ्रमणको तयारीका लागि एक तिब्बती टोली आइतबार काठमाडौं आएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

