अरनिको डेभलपमेन्ट बैंकले झण्डै ९५ हजार कित्ता सेयर बोलकबोलमा बेच्ने
अरनिको डेभलपमेन्ट बैंक (ARDBL) ले ५१ हजार ९० कित्ता साधारण सेयर र ४३ हजार सात सय ५९ कित्ता संस्थापक सेयर माघ १० गतेदेखि सर्बसाधरणहरुलाई बोलकबोलबाट बेच्ने भएको छ ।
बैंकले कातिक ८ गतेदेखि ३६ प्रतिशत हकप्रद जारी गरेको थियो । बैंकले जारी गरेको हकप्रदमा नबिकेको सेयर बोलकबोलमा बेच्न लागेको हो । बोलकबोल आवेदन सिद्धार्थ क्यापिटल अनामनगर र अरनिको डेभलपमेन्ट बैंक धुलिखेलबाट माघ २४ गते सम्म कार्यालय समयभित्र बुझाउन सक्नेछन् ।
बोलकबोल माघ २५ गते तीन बजे बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा खोलिने छ ।बोलकबोल गर्न ईच्छुक लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन गर्न सक्नेछन् । बोलकबोल गर्नेले एक सय रुपैंयाँ भन्दा धरै मुल्य अंकित गरेर आवेदन दिन सक्नेछन् ।
बैंकको सेयर अन्तिम पटक असोज ३० गते नेप्सेमा तीन सय ७० रुपैंयाँमा कारोबार भएको थियो । बैंकले गत बर्षको नाफाबाट सेयरधनीलाई १७ प्रतिशत बोनस दिएको छ ।
सेञ्चुरी कर्मसियल बैंकसँग एक्वीजीसनमा गएको बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको अवधिमा ८१ लाख ७२ हजार खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १२.६८ रुपैंयाँ कायम गरेको छ ।
स्रोत http://merolagani.com/NewsDetail.aspx?newsID=29416
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

