घानाका रेफ्रीमाथि आजीवन प्रतिबन्ध
काठमाडौं, चैत ८ । अन्तर्रा्ष्ट्रिय फुटबल महासंघ फिफाले अफ्रिकी मुलुक घानाका रेफ्री जोसेफ लाम्पटेमाथि आजीवन प्रतिबन्ध लगाएको छ ।
रेफ्री लाम्पटेले विश्वकप फुटबल छनौट अन्तर्गत गत नोभेम्बरमा भएको दक्षिण अफ्रिका र सेनेगलबीचको खेलमा गल्तीपूर्ण निर्णय गरेको फिफाको ठहर छ । सेनेगलमाथि २–१ को जित दर्ता गराउँदा दक्षिण अफ्रिकालाई रेफ्री लाम्पटेले नियतबस पेनाल्टी हान्ने अवसर दिएको भेटिएपछि उनी कारवाहीमा परेका हुन् ।
फिफाले यसलाई खेल भावना विपरितको कार्य बताएको छ । रियो ओलम्पिकमा समेत रेफ्रीको भुमिका निर्वाह गरेका लाम्पटेले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।
फिफाले आफुमाथि लगाएको आजीवन प्रतिबन्धविरुद्ध लाम्पटेले अब फिफामै वा खेलकुदसम्बन्धी अन्तर्रा्ष्ट्रिय अदालत कासमा अपिल गर्न पाउनेछन् । लाम्पटेले नियतपूर्वक आफुहरुलाई हराएको भन्दै सेनेगलले फिफामा उजुरी दिएपछि फिफाले छानविन अघि बढाएको थियो । एजेन्सीको सहयोगमा
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

