मधेशमा फैलिएको आगोलार्इ पहाडमा फैलाउने षडयन्त्रमा सरकार लागि परेको बाबुरामको आरोप
रोशन पोखरेल, राैतहट
हिमाल, पहाड, तरार्इ र मधेश राष्ट्रिय अभियान अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा नँया शक्ती नेपालले कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको सम्बोधन नँया शक्ती नेपालका संयोजक डा बाबुराम भट्टरार्इले गर्नुभएको थियो ।
सम्बोधन गर्ने क्रममा पूराना शक्तीको पूरानो पारा रहेको बताँउदै उहाँले अहिले देशलार्इ तोड्न चाहने र जोड्न चाहने शक्तीहरू बीच संघर्ष चलिरहेकाले नँया शक्ती नेपालले देश जोड्न चाहेको बताँउनु भयो । भट्टरार्इले संविधानको मंम विपरीत केही दल षडयन्त्रमा लागेको बताउदै चाडै सहि दिशामा लाग्नु पर्ने बताउनु भयो ।
साथै उहाँले मधेशमा फैलिएको असन्तोषको आगोलार्इ पहाडमा समेत फैलाउने षडयन्त्रमा स्वंयम सरकार लागि परको आरोप लगाउनु भयो । कतारमा चार लाख जनसंख्या भएर समेत नेपालका युवा कामका लागि पलायन भइरहेका छन् तर यदि हामीलार्इ चुनावमा एक नम्बरको पाटी बनाएमा सबै युवालार्इ हाम्रो पाटीले रोजगारी प्रदान गर्ने बताउनु भयो । कार्यक्रमको अन्त्यमा १५० भन्दा बढी व्यक्तीहरू पाटी प्रवेश गरेका थिए ।