• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१५ बैशाख २०८३, मङ्गलबार
१५ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख १७ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ६ घण्टा 

नेप्सेमा २५.८१ अंकको गिरावट
  • ६ घण्टा 

यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा
  • ८ घण्टा 

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?
  • ११ घण्टा 

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला
  • १३ घण्टा 

आज साँझदेखि तीव्र हावाहुरी र वर्षा : यी जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह
  • १५ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १५ घण्टा 

२०८३ वैशाख १६ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १६ घण्टा 

गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक
  • १ दिन 

लोकप्रिय समाचार

  • १. एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल”सम्पन्न : ऐतिहासिक सहभागिता र अभूतपूर्व ग्राहक संलग्नता

  • २. दैनिक प्रयोगका लागि उपयुक्त : रेडमी बड्स ८ एक्टिभ नेपालमा

  • ३. नेप्सेमा सुधारभएसँगै ७.७३ अंकको वृद्धि,४ अर्ब ७३ करोडको सेयर कारोबार

  • ४. गोदरेज रेफ्रिजरेटर : टिकाउपन र विश्वसनीयताको नयाँ मापदण्ड नेपाली बजारमा

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. नबिल बैँकद्धारा १६ स्थानमा सिपमूलक वित्तिय साक्षरता र उद्यमशीलता विकास तालिम सञ्चालन

  • ७. बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव : देशभरका शाखाहरूमा सामाजिक अभियानहरू संचालन

  • ८. २०८३ वैशाख ११ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. किङलङको नयाँ १६ सिटर भ्यान : सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा सार्वजनिक

  • १०. एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

व्यवसायीक अदुवा खेती गर्ने तरिका

admin २०७४, आश्विन, ४

-नेपाल कृषि {प्रतिक बाबा}

अदुवा एक वर्षीय नगदे तथा मसला बाली हो । यो बाली ७ देखि ९ महिनामा तयार हुन्छ । यसको गानो माटोमुनी रहन्छ । यसको गानो लाई मसलाको रूपमा तरकारी, अचार आदिमा स्वाद बढाउने प्रयोजनका लागि प्रयोग गरिन्छ । अदुवाले मानव शरीरमा रोग प्रतिरक्षात्मक क्षमता वृद्धि गराइ शरीर स्वस्थ बनाउन मद्दत गर्दछ । अदुवा दम, खोकी, रुघा, सर्दी जस्ता रोगहरुमा औषधिका रूपमा प्रयोग गरिन्छ ।
अदुवाको खेती गर्न प्रशस्त प्राङ्गारिक पदार्थ भएको बलौटे दोमट माटोको आवश्यकता पर्दछ । अदुवा छहारी भएको तथा सेपिलो ठाउँमा राम्रो उत्पादन हुने हुँदा सोही अनुसारको ठाउँको छनोट गर्नु पर्दछ । अदुवा मुख्य गरी २ किसिमका हुन्छन् जसलाई नसे र बोसे भनिन्छ । जसमध्ये बोसे जातको अदुवा व्यावसायिकरूपमा बढी महत्व भएको पाईन्छ । कपुर कोट १ नामको बोसे जातको अदुवा बढी फल्ने र धुलो बनाउँदा पनि बढी निस्कने भएकोले बजारमा यसको राम्रो मूल्य पाइन्छ ।

अदुवा खेतीे लगाउने समय र बीउको दर:-

अदुवा खेती लगाउन फागुनदेखि चैत्र महिना उपयुक्त समय मानिन्छ ।
तर पहाडी भेगमा जेठको दोस्रो हप्तासम्म पनि अदुवा
लगाउन सकिन्छ । अदुवा खेती गर्न एक रोपनी अर्थात् डेढ कठ्ठा जग्गाको लागि ठूलो गानो हुने अदुवा जात हो भने ३०० के।जी। र सानो गानो हुने अदुवाका लागि २०० के।जी। बीउको आवश्यकता पर्दछ ।
गानो कुहिने रोग व्यवस्थापन गर्न तथा राम्ररी एकनासले अदुवा उम्रन अदुवा रोप्नु अघि २ ग्राम साफ वा ब्लाइटक्स ५० प्रतिलिटर पानीका दरले झोल बनाउने र त्यस झोलमा बीउ अदुवाको गानोलाई आधा घण्टासम्म डुबाइ राख्नु पर्दछ । अदुवाको गानोलाई आधा घण्टा डुबाईसकेपछि बीउलाई छहारी वा छायाँमा सुक्न दिनु पर्दछ । यसरी सुके पछिको बीउ रोप्नका लागि तयार हुन्छ । एकपटक बनाएको झोल विषादीमा बढीमा २ पटक मात्र बीउ उपचार गर्नु पर्दछ । त्यस पछि फेरी नयाँ घोल तयार गरी बीउको उपचार गर्नु पर्दछ । यसरी उपचार गरिएको बीउलाई अन्य वस्तुसँग मिसिन नदिइ तयारी जग्गामा रोप्नु पर्दछ । बीउका लागि ४०—६० ग्रामको गानो आवश्यक पर्दछ ।
अदुवा खेतीका लागि जग्गाको तयारी र मलखाद व्यवस्थापन
अदुवा बाली माटो मुनी फल्ने हुँदा खुमे्र कीरा र रातो कमिलाबाट हुने नोक्सानी कम गर्न अदुवा लगाउनु भन्दा पहिले २ देखि ३ पटक राम्ररी खनजोत गर्नु पर्दछ । अदुवा रोप्दा पानीको निकास मिलाइ २० देखि ३० से।मि। अग्लो डयाङ् बनाइ बीउ रोप्नु पर्दछ ।
जग्गा तयारीको अन्तिम खनजोतमा प्रतिरोपनी १५०० के।जी। गोबर मल, डि। ए। पि। १५ के।जी।, पोटास १२ के।जी। र जिङ्क १ के।जी।का
दरले माटोमा मिलाउनु पर्दछ । तर युरिया मल शुरुकै अवस्थामा प्रयोग गर्नु हुँदैन । बीउ लगाउँदा बोटदेखि बोट र लाइनदेखि लाइनको दुरी ४० से।मि। को फरकमा हुनु पर्दछ । अदुवाको गानो रोप्दा १० से।मि। को गहिराइमा टुसा एकैतिर फर्काइ रोप्नु पर्दछ । अदुवा रोप्ने बित्तिकै रोपेको ठाउँमा पात पतिङ्गर वा सोतरले ८ देखि १० से।मि। बाक्लो हुनेगरी छाप्रोको व्यवस्था गर्नुपर्दछ । यसरी छाप्रो दिनाले झारपातको प्रकोप घट्ने र लामो समयसम्म माटोको चिस्यान रहिरहने हुन्छ । अदुवाको बीउ उम्रिएको ३० देखि ४५ दिन वा १ महिना पछि ६ के।जी। युरिया मल प्रतिरोपनी वा ४ के।जी। प्रतिकठ्ठाको दरले राखी गोडमेल गर्नु पर्दछ । पूनः ९० देखि १०० दिनमा वा ३ महिना पछि दोस्रोपटक झारपात हटाइ ६ के।जी। युरिया मल प्रतिरोपनीका दरले राखी गोडमेल गर्नु पर्दछ ।
स्वस्थ बिरुवा र उत्पादकत्व बढाउन भिटामिन तथा सूक्ष्म मलखादको प्रयोग गर्नु पर्दछ । बिरुवा कमजोर देखिएमा एटोनिक ३ थोपा प्रतिलिटर पानीमा मिसाइ ३ देखि ४ दिनको फरकमा २ पटक छर्नु पर्दछ । गाई÷भँैसीको पिसाब सङ्कलन गरी ७ दिनसम्म कुहाएर एक भाग पिसाबमा ५ भाग पानी मिसाइ १५ देखि २० दिनको फरकमा छर्नाले बाली राम्रो हुने तथा रोग कीराको प्रकोप कम हुने गर्दछ ।
अदुवा खेतीको गोडमेल र सिँचाइ व्यवस्थापन
अदुवा बालीको उत्पादन राम्रोसँग लिन गोडमेल तथा सिँचाइको उपयुक्त व्यवस्थापन गर्नु पर्दछ । अदुवा कम्तीमा ३ पटक गोडाई कार्य गर्नु पर्दछ । पहिलो गोडाई कार्य रोपेको ३० देखि ३५ दिन पछि, दोस्रो गोडाई रोपेको ६० देखि ६५ दिनपछि र तेस्रो गोडाई अदुवा रोपेको ९० देखि ९५ दिन पछि गर्नु उपयुक्त हुन्छ । अदुवाको गानो ठूलो भएमा श्रावणदेखि भाद्र महिनामा पुरानो गानोको एक भाग निकालिन्छ, जसलाई ब्रुनी निकाल्ने भनिन्छ । अदुवालाई सुख्खा मौसममा रोपिने भएकोले गर्मी मौसममा सिँचाइको आवश्यकता पर्दछ । माटो सुख्खा देखिएमा पानी नजम्ने गरी आवश्कतानुसार सिँचाइ गर्नु पर्दछ । यदि सिँचाइको उपलब्धता छ भने गोडमेल गरी थप मल दिइसके पछि हल्का सिँचाइ दिनु पर्दछ । यसो गर्नाले माटोमा भएको खाद्यतत्व प्राप्त गर्न योग्य अवस्थामा पु¥याउन सहयोग गर्दछ ।
अदुवा खेतीमा लाग्ने रोग कीरा र तिनको व्यवस्थापन
अदुवालाई माटो मुनी बस्ने मुख्य गरी खुमे्र कीरा र रातो कमिला, धमिरा आदिले नोक्सान गर्दछन् । यी कीराहरु देखिनासाथ गाई÷भँैसी वा
अन्य जनावरहरुको पिसाब सङ्कलन गरी ७ दिनसम्म कुहाएर १ भाग मूत्रमा ३ देखि ४ भाग पानीमा मिसाएर बोटको फेद वरिपरि माटो
भिज्नेगरी छर्नु पर्दछ । माटोमुनी हानिकारक कीराहरु देखिने बित्तिकै डर्सवान वा मालाथियान धुलो नामका रासायनिक विषादीको झोल २
एम।एल। प्रतिलिटर पानी वा १ के।जि। प्रतिरोपनीका दरले बिरुवाको फेद वरिपरि माटोमा छर्नु पर्दछ ।
अदुवा बालीमा बोटको पातको टुप्पोबाट पहँेलिदै जाने, पातसँग जोडिएको डाँठ पानीले भिजेको जस्तो भएर गीलो हुँदै जाने र बिरुवा तान्दा सजिलै पातसँग छुट्टिएर आउने आदि जस्ता लक्षणहरु देखा परेमा गानो कुहिने रोग लागेको थाहा पाउनु पर्दछ । गानो कुहिने रोग लाग्नु पहिले नै सतर्कता अपनाउनु पर्दछ । रोग लागेको जमिनमा पुनः अदुवा लगाउनु हुँदैन र उपयुक्त घुम्ती बाली अपनाउनु पर्दछ । गानो उम्रिएको ७ देखि १० दिन भित्र २ ग्राम साफ वा राइनो एम। ४५ विषादी प्रतिलिटर पानीका दरले मिसाएर बेर्नाको फेद वरिपरी माटो भिज्ने गरी बेलुकी पख छर्नु पर्दछ । तर वर्षा शुरु भएपछि मात्र यो विषादी हाल्नु पर्दछ । पातमा थोप्ला÷थोप्ला देखिएमा पातको थोप्ले रोग लागेको हुन सक्दछ । यस्तो रोग देखिनासाथ साफ वा किसान एम। ४५ को ३ ग्राम प्रतिलिटर पानीका दरले छर्नु पर्दछ । यो विषादी श्रावण र भाद्र महिनामा २ पटक छर्नु पर्दछ । मिश्रित बालीमा यो रोगको प्रभाव कम
रहन्छ । अदुवामा लाग्ने रोग कीरा नियन्त्रणका लागि उपचार गरेको बीउ मात्र प्रयोग गर्नु पर्दछ ।
अदुवा बाली भित्र्याउने र बजार व्यवस्थापन
अदुवा बाली रोपेको ७ देखि ९ महिना पछि खन्नु पर्दछ । अदुवा खन्नु भन्दा १ हप्ता अगाडिदेखि सिँचाइ गर्नु हुँदैन । खन्ने बेलामा सिँचाइ गरेमा गानो कुहिने सम्भावना हुन्छ । अदुवा खन्नु भन्दा अगाडि जमिन माथि देखिएको हरियो भाग ७ देखि १० दिन अगाडि काटेर हटाइदिनु पर्दछ । जसले गर्दा भण्डारणको आयु लामो हुने गर्दछ । अदुवा खनि सकेपछि राम्रोसँग सफा गर्नु पर्दछ र जराहरु कैँचीले
काटेर हटाउनु पर्दछ । यसैगरी चोटपटक लागेको र गानोको आकार अनुसार छुट्टयाएर राख्नु पर्दछ । जसलाई स्तरीकरण वा ग्रेडिङ्
भनिन्छ । गे्रडिङ् गरिसके पछि क्युरिङ्का लागि छहारीमा केही समय छोड्नु पर्दछ । जसले गर्दा भण्डारनको आयु बढाउन सकिन्छ । अदुवा गे्रडिङ् गरिसके पछि जुटको बोरामा प्याकिङ् गर्नु पर्दछ तर यसलाई प्लाष्टिकले बोरामा प्याक गर्नु हुँदैन । यदि यसो गरेमा
अदुवा गुम्सिएर बिग्रने डर हुन्छ । व्यवस्थापन राम्रो भएमा एक रोपनी जग्गामा कपुरकोट— १ जातको अदुवाले १००० देखि १५०० के।जी। सम्म उत्पादन दिन सक्दछ ।

IFA  कृषि  App

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सरकारी कर्मचारीका लागि डिजीटल हाजिरी प्रणाली लागू गर्ने सरकारको तयारी
छपाइ सकिएका स्मार्ट लाइसेन्स अब सम्बन्धित कार्यालयबाटै वितरण हुने
कर्मचारीले अब प्रत्येक १५ दिनमा तलब पाउने व्यवस्था लागू गर्ने सरकारको तयारी

ताजा

२०८३ वैशाख १७ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नेप्सेमा २५.८१ अंकको गिरावट

यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.