सरकारी कर्मचारीका लागि डिजीटल हाजिरी प्रणाली लागू गर्ने सरकारको तयारी
काठमाडौँ । सरकारी कार्यालयहरुमा कर्मचारीको उपस्थितिलाई अझ व्यवस्थित र पारदर्शी बनाउन सरकारले विद्युतिय हाजिरी प्रणालीलाई कडाइका साथ लागू गर्ने भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रालयले सबै मन्त्रालय,विभाग र सरकारी निकायलाई लक्षित गर्दै परिपत्र जारी गरी विद्युतिय हाजिरी अनिवार्य रुपमा प्रयोग गर्न निर्देशन दिइएको हो। हाल पूर्ण रुपमा प्रणाली लागू नभएका कार्यालयहरुमा पनि कर्मचारीको दैनिक उपस्थिति आउने र जाने समय डिजिटल माध्यममै अभिलेख गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।
मन्त्रालयका अनुसार हाजिरी विवरणलाई हरेक १५ दिनमा छापेर प्रमाणित गरी सुरक्षित रुपमा राख्नुपर्नेछ भने जसले अभिलेख व्यवस्थापनलाई अझ व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। शाखा अधिकृत पीताम्बर सारुले सचिवस्तरीय निर्णयअनुसार यो व्यवस्था अघि बढाइएको जानकारी दिएका छन् । नयाँ नियमले सरकारी कार्यालयमा कर्मचारीको उपस्थिति प्रणलीलार्ई बढी उत्तरदायी र प्रभावकारी बनाउने विश्वास लिइएको छ ।
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

