Jankari Kendra
६ आश्विन २०८३, मंगलवार
Worldlink

गौतम बुद्धका १८ उपदेश जसले तपाईको जीवन बदल्न सक्छ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, पुष, १६
गौतम बुद्धका १८ उपदेश जसले तपाईको जीवन बदल्न सक्छ

भगवान गौतम बुद्ध इतिहासका सवै भन्दा महान व्यक्ति मध्य एक हुन, जसले बौद्ध धर्मको रुपमा मानवतालाई एक अमुल्य उपहार दिए। उनले स्थापना गरेको बौद्ध धर्म आज विश्वमा ४० करोड भन्दा पनि बढि ब्यक्तिहरुले मान्दै आईरहेका छन।

आज हामी भगवान गौतम बुद्ध सँग जोडिएका केहि अनमोल विचारका बारेमा चर्चा गर्ने छौ, जुन विचारहरु लाई तपाईले पनि ग्रहण गर्नुभयो भने तपाइको जीवनमा पनि परिवतर्न ल्याउन सक्नेछ ।

१. संसार दुःखले भरिएको छ, यी दुःखको मुख्यकारण हाम्रा इच्छाहरु हुन। हामीले हाम्रा इच्छाहरुलाई नियन्त्रण गर्न सकेमा दुःख लाई नाश गर्न सकिन्छ ।

२. यदि तपाइको एउटा इच्छा पुरा भयो भने तुरुन्त अर्को इच्छा जन्मीने छ ।

३. क्रोधलाई पालेर राख्नु भनेको तातो कोईला लाई पकडेर राख्नु र अरु कुनै स्थानमा फ्याक्ने मनसायले राख्नु समान हुन्छ। यसले तपाईलाइ नै जलाउने छ ।

४. सत्यको मार्गमा चल्ने कुनै पनि ब्यक्ति दुई वटा मात्र गल्ति गर्न सक्छनः पुरा बाटो नहिड्नु या सुरुवात नै नगर्नु ।

५. स्वस्थ स्वास्थ्य सवै भन्दा ठूलो उपहार हो, विश्वास सवै भन्दा राम्रो सम्बन्ध हो भने सन्तोष सवैभन्दा ठूलो धन हो ।

६. आफ्नो काम पुरा गर्नका लागि कहिल्यै पनि अरुमा निर्भर नहुनुहोस ।

७. वितेको समयका बारेमा ध्यान नदिनुहोस, भविष्यको बारेमा नसोच्नुहोस, आफ्नो मन लाई वर्तमान समयमा केन्द्रित गर्नुहोस ।

८. कहिले पनि कुनै पनि ब्यक्तिको दुःखको कारण नबन्नुहोस ।

९. जो ब्यक्ति आफ्नो रिसलाई नियन्त्रण गर्न सक्दछ, उसलाई कहिले पनि दुःख हुदैन ।

१०. यदि कोही ब्यक्ति आफ्नो कमजोरी देखाउने ब्यक्तिलाई लाई धन दौलत देखाउने ब्यक्ति जस्तै सम्झन्छ, र राम्रो संगतमा रहन्छ भने त्यस्तो ब्यक्तिलाई सधै सुख मिलिरहन्छ ।

११. हामीले गरेका गल्तीहरुको सजाय तुरुन्त नमिल्न सक्छ तर समयको साथ साथै कुनै न कुनै दिन अवश्य पनि सजाय मिल्दछ ।

१२. हजारौ शब्दहरुको मन्थन बाट एउटा राम्रो शब्द निस्कन्छ जसले शान्ति ल्याउदछ ।

१३. म यो कहिले पनि देख्दीन की के गरियो, म केवल यो मात्र जान्दछु कि के गर्न बाँकी छ ।

१४. शरीरलाई स्वस्थ राख्नु हाम्रो महत्वपूर्ण दायित्व हो, यदि यसो गरिएन भने हामी आफ्नो मनलाई बलियो बनाउन सक्दैनौ ।

१५. शान्तिप्रिय ब्यक्ति आनन्दको जीवन विताउदछन, उनिहरुलाई जीत र हार को कुनै प्रबाह हुदैन ।

१६. जो ब्यक्ति बोल्छन अनि आफ्नो काम गर्दछन, त्यस्ता ब्यक्ति दुःख बाट टाढै रहन्छन ।

१७. जसरी हावाले पहाडलाई हल्लाउन सक्दैन, त्यसरी नै तारिफ या आलोचना ले महान ब्यक्तिहरु लाई केहि फरक पार्न सक्दैन ।

१८. एक हजार वर्षसम्म विना ध्यानको साधना गर्नु भन्दा जीवनमा एक दिन समझदारी संग जीउनु उपयूक्त मानिन्छ।
-source :nepali news

Top Changing Nepal

युट्युब सट्स