नम्रताको एक्सन अवतारमा ‘जाइरा’को लुक्स सार्वजनिक
काठमाडौँ ,
अभिनयलाई जीवन्त दिन निकै मेहनत गर्ने अभिनेत्री नम्रता श्रेष्ठको फिल्म ‘जाइरा’को लुक्स सार्वजनिक गरिएको छ । कपाल काटेर नम्रता एक मार्शल आर्ट्स प्लेयरको भूमिकामा जीवन्त देखिने प्रयास गरेकी छिन् । एक्सन जनराको यस फिल्ममा नम्रताका साथमा अनुप बिक्रम शाही, रेमनदास श्रेष्ठ, सिर्जना रेग्मी, प्रमोद अग्रहरी, सम्राट मगर, सुजिता श्रेष्ठको अभिनय रहेको छ ।
मङ्गलबार एक कार्यक्रममा फिल्मको टिमले नम्रताको लुक्सका साथै भिन्न तरिकाले फिल्मको झलक झल्काउने किसिमले फिल्मको फस्ट लुक्सलाई सार्वजनिक गरेको छ । उक्त कार्यक्रममा नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदय, चलचित्र बिकास बोर्डकि अध्यक्ष निकिता पौडेलले शुभकाना प्रदान गरे ।
आशुतोष राज श्रेष्ठको निर्देशनमा बनेको ‘जाइरा’ आउँदो मंशिर १४ गतेबाट प्रदर्शनमा आउने कुरा पनि त्यसै कार्यक्रममा मार्फत सार्वजनिक गरियो । कार्यक्रममा बोल्दै निर्देशक श्रेष्ठले ‘जाइरा’ बनाउँदा सबै कुराले सन्तुष्ट भए पनि प्राविधिक कुराको तवरले अलिक नेपालमा राम्रो सिनेमा बनाउन अप्ठेरो भएको गुनासो पोखे ।
त्यस्तै नायिका नम्रता श्रेष्ठले फिल्ममा काम गर्दा ६ महिनाको प्रशिक्षण लिएको र शुटिंगको दौरान शारीरिक रुपमा निकै कठिन भएको र फिल्ममा निकै मेहनत गरेको बताइन ।
‘जाइरा’लाई ट्रेन्ड सिटर्स प्रा.लि. र हाईलीहाईले निर्माण गरेको हो भने फिल्ममा निर्देशक श्रेष्ठकै कथा, प्रसन्न गोपालीको कार्यकारी निर्माण, कल्याण सिंह, टम्ब्लीविड र डिजे राजुको संगीत, सम्राट बस्नेतको द्वन्द निर्देशन, केशव थापाको नृत्य निर्देशन, लोकेश बज्राचार्यको सम्पादन, बाबु श्रेष्ठको छायांकन रहेको छ ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
