• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१२ जेठ २०८३, मङ्गलबार
१२ जेठ २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल एयर कन्डिसनर सार्वजनिक’
  • १२ घण्टा 

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा
  • १६ घण्टा 

फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै
  • १७ घण्टा 

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन
  • १८ घण्टा 

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक
  • १८ घण्टा 

समस्याग्रस्त चार सहकारीका ऋणीको नाम सार्वजनिक, ऋण नतिरे कारबाही हुने चेतावनी
  • २० घण्टा 

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?
  • २२ घण्टा 

जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्ड पुन : निर्माण सुरु
  • २२ घण्टा 

आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • २. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ३. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ४. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ५. सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा

  • ६. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ७. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • ८. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

  • ९. यस्तो छ आजको मौसम पुर्वानुमान

  • १०. किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो

सरकार काँतर रहेछ,हिम्मत हार्न थाल्यो:बाबुराम भट्टराई

admin २०७५, जेष्ठ, १९

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बजेटले बहुमत प्राप्त सरकारले हिम्मत हार्दै गएको अनुभूति भएको बताएका छन् । बजेटमा केही राम्रा कार्यक्रम आएको तर, अर्थतन्त्रले फड्को मार्ने अपेक्षा पुरा नभएको उनले बताए । बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै नयाँ शक्ति पार्टीका सांसदसमेत रहेका भट्टराईले सामान्य अवस्थाको बजेट भएको भए राम्रो भन्नु सकिने र निरन्तरतामा हेर्दा ६० अंक दिने बताए ।

बजेटमा आएको प्रधानमन्त्री रोजगारी कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकीकरण, २० उद्योगग्राम स्थापना, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण, राज्य सुरक्षा परिचयपत्र लगायतका कार्यक्रम आउनु सकारात्मक भएको उनले बताए । तर, अर्थतन्त्रमा फड्को मार्ने अपेक्षा पूरा नभएको बताए । छाटो अवधिमा मध्यम विश्व हुँदै नेपाललाई पहिलो विश्व बनाउने सपना मरेको अनुभूति भएको उनले बताए । भट्टराईले भने, ‘दुईतिहाई बहुमत प्राप्त सरकार र चुनावी घोषणापत्र हुँदै नीति तथा कार्यक्रमसम्म आइपुग्दा केही आशा देखाइएको थियो तर, बजेटसम्म आइपुग्दा त्यो आशा मरेको मरेको अनुभूति हुन्छ ।’

‘तपाई आफ्नो सपनामा दृढ रहनुपर्छ । किनकी सपना मर्‍यो भने तपाईको जीवन पखेटा विनाको चरो जस्तो हुन्छ, जुन उड्न सक्दैन’ भन्ने अंग्रेजी कविता स्मरण गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले भने, ‘प्रचण्ड बहुमत प्राप्त सरकारले सपना मार्दै गएको, हिम्मत हार्दै गएको हो कि मलाई चिन्ता लाग्यो ।’ बजेटमा परेको ‘क्रमशः गरिनेछ, सम्भाव्यता अध्ययन गरिनेछ, यथाशीघ्र गरिनेछ’ जस्ता पदावलीहरु सरकारको आत्मविश्वास प्रदर्शन नगर्ने उनले बताए । प्रधानमन्त्रीकै भाषामा भन्दा दुई पाइलटले हाँकेको जेटप्लेन टेक अफ गर्न ६० वा १०० किलोमिटर नभई २९० किलोमिटरमा कुद्नुपर्ने तर, बजेटले त्यो नदेखाएको उनले बताए । बजेटले प्राथमिकता पहिल्याउन नसकेको उनको दाबी छ ।

‘संञ्जिवनी बुट्टी खोजेर ल्याउनू’ भन्दा हनुमानले बृदान्चल पर्वत नै उठाएर ल्याएको महाभारतको प्रशंग स्मरण गर्दै उनले बजेट त्यस्तै भएको बताए । ठीक बेठीक ख्याल नगरी २००८ सालदेखिका कार्यक्रम बजेटमा आएको उनको दाबी छ । बजेटले निर्धारण गरेका लक्ष्य ठीक भएपनि त्यहाँसम्म पुग्न कुन बाटोमा जाने हो प्रष्ट नभएको बताए । बजेट बनाउँदा अर्थमन्त्री नवउदारवादी वा राज्य नियन्त्रित समाजवाद कता जाने दोधारमा परेको अनुभूति भएको भट्टराईको विश्लेषण छ । ‘बजेट न हाँसको चाल, न कौवाको चाल भएको छ,उनले भने ।

निजी क्षेत्रले गर्नुपर्ने काम राज्यले गर्ने र राज्यले गर्नुपर्ने काम निजी क्षेत्रलाई दिन खोजेको आभास भएको उनले बताए । शिक्षा कर खारेज गर्ने सरकारको निर्णय प्रतिगामी भएको भन्दै उनको प्रश्न छ, कस्तो समाजवाद ल्याउन खोजेको हो ? स्थानीय तह र प्रदेशमा पर्यापत बजेट नभएको भन्दै उनले बजेटको आलोचना गरे । अनलाइन खबरबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल एयर कन्डिसनर सार्वजनिक’
काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन
हुरीले घर भत्किँदा एक महिलाको मृत्यु

ताजा

एलजी इलेक्ट्रोनिक्सद्वारा नयाँ ‘डुअलकुल एयर कन्डिसनर सार्वजनिक’

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा

फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.