• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ साउन २०८३, शुक्रबार
०१ साउन २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
  • ९ घण्टा 

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १० घण्टा 

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • १ दिन 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • १ दिन 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • १ दिन 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • १ दिन 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • १ दिन 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • १ दिन 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • १ दिन 

लोकप्रिय समाचार

  • १. विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने

  • २. २०८३ असार ३० गते मंगलवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

  • ४. सवारी दुर्घटना राहतका लागि छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग

  • ५. ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रम्बी इलेक्ट्रिक कार ?

  • ६. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ७. सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए

  • ८. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • ९. ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

  • १०. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)पार्टी मिलाउन ३६ कार्यदल

admin २०७५, जेष्ठ, १९

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा मातहतका कमिटीहरू मिलाउन ३६ बेग्लाबेग्लै कार्यदल सक्रिय भएका छन् । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भई बनेको नेकपाले दुवै पार्टीका मातहतका कमिटीलाई मिलाउन सो कार्यदल गठन गरेको हो । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टी एकतालाई टुंगोमा पु¥याउन ती कार्यदललाई सक्रिय रूपमा लागेर कार्यसम्पन्न गर्न निर्देशनसमेत दिएका छन् । नेकपाले प्रदेश एवं भ्रातृ संगठनहरूको एकताका लागि छुट्टाछुट्टै कार्यदल गठन गरेर आपसी सहमतिमा १५ दिनभित्रमा सम्पन्न गर्नेगरी केन्द्रीय सचिवालयमा प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

प्रदेश कमिटीहरूको एकीकरणका लागि प्रदेश १ मा भीम आचार्य, राम कार्की, शेरधन राई र सावित्री काफ्ले, प्रदेश २ मा सत्यनारायण मण्डल, विश्वनाथ साह, नागेन्द्र चौधरी र प्रभु साह, प्रदेश ३ मा अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, काशीनाथ अधिकारी र नारायण दाहाल, प्रदेश ४ मा किरण गुरुङ, हितराज पाण्डे, जगत विश्वकर्मा र हरि अधिकारीलाई जिम्मेवारी दिइएको छ । यसैगरी, प्रदेश ५ मा शंकर पोखरेल, मणि थापा, दलबहादुर राना र गणेशमान पुन, कर्णाली प्रदेशमा युवराज ज्ञवाली, जनार्दन शर्मा, यामलाल कँडेल र मायाप्रसाद शर्मा र प्रदेश ७ मा भीम रावल, लेखराज भट्ट, कर्ण थापा र लक्ष्मीदत्त जोशीलाई जिम्मेवारी दिइएको छ ।

प्रवास कमिटीको एकीकरणका लागि नारायणकाजी श्रेष्ठ, बिन्दा पाण्डे, युवराज कार्की र टेकबहादुर पाठकलाई जिम्मेवारी तोकिएको छ । जिल्ला संगठनको पदाधिकारी, सदस्य एवं सचिवालय सदस्यको नाम सिफारिस गर्न बस्ने कार्यदलको बैठकमा तत्कालीन एमाले र माओवादी केन्द्रका जिल्ला कमिटीका इन्चार्ज एवं अध्यक्षहरू पनि कार्यदलको सदस्यको हैसियतमा सहभागी हुने व्यवस्था गरिएको छ ।प्रदेश र जिल्ला संगठन कमिटी गठन गर्नका लागि अध्यक्ष, सचिव र सदस्यहरूको नामावलीसहितको प्रस्ताव कार्यदलले गर्नुपर्नेछ । सचिवालय प्रस्ताव गर्दा कुल सदस्य संख्याको बढीमा एक तिहाइ रहनेगरी प्रस्ताव गर्नुपर्ने कार्यदललाई निर्देशनमा भनिएको छ । प्रदेश कमिटीमा केन्द्रीय सदस्यहरूको नाम राख्न पाइने छैन भने कमिटीका पदाधिकारी सदस्यहरूको छनोट गर्दा वरिष्ठता, क्षमता र एकताको भावनालाई आधार बनाएर जिम्मेवारी बहन गर्न कार्यदललाई भनिएको छ । तत्कालीन दुवै पार्टीका जनवर्गीय संगठन एकताका लागि छुटाछुटै कार्यदल गठन गर्दै उनीहरूलाई पनि १५ दिनभित्र प्रतिवेदन तयार गरेर केन्द्रीय सचिवालयमा बुझाउन निर्देशन दिइएको छ ।

नेपाल ट्रेड युनियन महासंघ र अखिल नेपाल टे«ड युनियन महासंघबीचको एकताका लागि विष्णु रिमाल, जयपुरी घर्ती, विनोद श्रेष्ठ र गणेश रेग्मीलाई जिम्मेवारी दिइएको छ । यसैगरी, अखिल नेपाल किसान महासंघ र अखिल नेपाल किसान संघ (क्रान्तिकारी) बीचको एकताका लागि छुट्टै कार्यदल गठन गरिएको छ । सो कार्यदलमा वामदेव गौतम, हरिबोल गजुरेल, केशवलाल श्रेष्ठ र चित्रबहादुर श्रेष्ठ रहेका छन् । यसैगरी, अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघ (क्रान्तिकारी), युवा संघ नेपाल र वाईसीएल नेपाल, अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी), राष्ट्रिय जनसांस्कृतिक महासंघ र नेपाल जनसांस्कृतिक महासंघ, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र राष्ट्रिय मुक्ति मोर्चा संगठनहरूको महासंघबीच एकताका लागि छुट्टाछुट्टै कार्यदल गठन भएको छ ।

लोकतान्त्रिक मधेसी संगठन र मधेसी राष्ट्रिय मुक्ति मोर्चा, नेपाल मुस्लिम इतेहाद संगठन र मुस्लिम मुक्ति मोर्चा नेपाल, नेपाल बुद्धिजीवी परिषद् र अखिल नेपाल बुद्धिजीवी संगठन, पेसागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघ, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन र भूतपूर्व सैनिक संगठन, पूर्वजनमुक्ति सेना संघको एकताका लागि छुट्टाछुट्टै कार्यदल सक्रिय रूपमा लागेको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल, मानवअधिकार एलाइन्स र अखिल नेपाल मानवअधिकारी संगठन एवं काहुरास्ट नेपाल, लोकतान्त्रिक राष्ट्रिय अपांग संगठन नेपाल, अखिल नेपाल क्रान्तिकारी अपांग संघ तथा जनक्रान्तिका घाइते तथा अपांग योद्धा संघबीचको एकताका लागि कार्यदल गठन भएको छ ।
नेपाल लोकतान्त्रिक खेलकुद महासंघ र अखिल नेपाल खेलकुद महासंघ, प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन र गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी एसोसिएसन नेपाल, नेपाल भूमिहीन सुकुम्बासी संगठन र अखिल नेपाल सुकुम्बासी संगठन, नेपाल उद्योग तथा व्यवसायी महासंघ र राष्ट्रिय उद्योग व्यापार महासंघको एकताका लागि पनि छुट्टै कार्यदल गठन भएको छ ।

पेसागत तथा प्रगतिशील इन्जिनियर एसोसिएसन नेपाल र नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन, प्रवासी नेपाली संघ भारत र अखिल भारत नेपाली एकता मञ्चका साथै महासंघअन्तर्गतका घटक संगठनका बीचमा एकीकरणका लागि सम्बन्धित घटक संगठनका इन्चार्ज र अध्यक्षहरू पनि कार्यदल सदस्यको हैसियतमा सहभागी हुने व्यवस्था गरिएको छ ।
कार्यदलले एकीकरणबाट गठन हुने सम्बन्धित जनवर्गीय संगठनको विधान मस्यौदा गर्ने, विधान मस्यौदा गर्दा सम्बन्धित संगठनले पार्टीको वैचारिक तथा राजनीतिक नेतृत्व स्वीकार गर्ने र संगठनात्मक रूपमा आफ्नो विधानको आधारमा सञ्चालित हुने मान्यतामा आधारित हुनेछन् । यसैगरी, सम्मेलन वा राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गर्नका लागि पदाधिकारी र सदस्यहरूको नामावलीसहितको प्रस्ताव तयार गर्नुपर्ने जिम्मेवारी दिइएको छ ।
राजधानी दैनिकबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

ताजा

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.