• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० जेठ २०८३, आइतबार
१० जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने
  • ७ घण्टा 

बसको ठक्करबाट एक पैदलयात्रीको निधन
  • ८ घण्टा 

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक
  • ९ घण्टा 

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान
  • ११ घण्टा 

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह
  • १२ घण्टा 

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • १३ घण्टा 

काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन
  • १४ घण्टा 

कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन
  • १४ घण्टा 

२०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • ५. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ६. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ७. ट्राफिक कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

  • ८. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ९. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • १०. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

हड्डी के हो ? यस्ता छन् हड्डीमा लाग्ने गम्भीर ७ रोग

admin २०७५, मंसिर, १२

कुनै पनि प्राणी चलायमान हुन हड्डी अथवा त्यसको समग्र रुप अस्थिपञ्जर जरुरी हुन्छ। हाडले शरीरलाई एउटा आकार दिन्छ। हाडले मात्रै केही हुन सक्दैन। त्यसलाई चलायमान वा गतिशील बनाउन जोर्नी आवश्यक हुन्छ। हाडजोर्नी विशेषज्ञ डा बुलन्द थापा भन्छन्, ‘जोर्नीले हाडलाई चलायमान हुन मद्दत गर्छ। जोर्नी चलाउन अथवा हाडलाई गतिशीलता प्रदान गर्न मांसपेशीको आवश्यकता हुन्छ। मांसपेशीलाई चलाउन पनि नसाको आवश्कता पर्छ।’

चिकित्सकहरु हाडको संरचनालाई जीवशास्त्रीय रुपमा व्याख्या गर्छन्। उनीहरुका अनुसार, हाडलाई ‘कनेक्टिभ टिस्युज’ भनिन्छ। अर्थात् क्याल्सियम र खनिज पदार्थ जम्मा गरेकाले नै हाड कडा स्वरुपमा रहेको हुन्छ।

शरीरका अरु महत्वपूर्ण अंगलाई आफ्नो ठाउँमा राख्न, सुरक्षित बनाउन, चल्न, हिँड्डुल गर्नका लागि आवश्यक पर्ने संरचना नै हड्डी हो। हाडजोर्नी विशेषज्ञ डा. रमेशमानसिंह प्रधान भन्छन्, ‘हाडका संरचनाहरु जोर्नी बनाएर जोडिएको हुन्छ र यो चल्न सक्ने अवस्थामा रहन्छ।’

शिशु आमाको पेटमा रहँदादेखि नै शरीरमा हाडको विकास हुन थाल्छ। सुरुमा कुरकुरे खालका नरम हाडहरुको विकास हुन्छ। कतिपय अंगका हाडहरु विभिन्न खनिज पदार्थ लिएर विकास भइसकेका हुन्छन् र शिशु आमाको पेटमा रहँदा नै कडा खालका भइसकेका हुन्छन्। अरु हाडहरु बालक जन्मिएपछि विकास हुन्छ। २ सय ६ वटा हाडमध्ये क्याल्सियम र खनिज पदार्थ लिएर विकास हुन्छ। हाडहरुको बढ्ने भाग बालकको जन्मपछि विस्तार हुन्छ।

के रोग लाग्छ हड्डीमा?

हाडजोर्नी तथा नसामा विभिन्न खालका रोगहरु देखा पर्ने खतरा उत्तिकै रहन्छ। बालक जन्मेदेखि जीवनपर्यन्त विभिन्न रोग लाग्न सक्छन्। बालबालिका, युवा तथा वृद्धावस्थामा यसको असर फरक–फरक हुन्छ। कतिपय रोग जन्मजात नै सिर्जना भएका हुन्छन् भने कतिपय समस्या दुर्घटनापछि आउँछन्। केही रोग भने मानिसको दैनिकी र जीवनशैली आदिका उपज हुन्छन्।

हाडजोर्नी विशेषज्ञ डा बुलन्द थापा हाडसम्बन्धी रोगलाई सात तहमा वर्गीकरण गर्न सकिने बताउँछन्।

१. कन्जिनेन्टल : जन्मिँदादेखि नै हाडसम्बन्धी संरचनामा समस्या भएकोलाई यस वर्गमा राखिन्छ । हाड सानो हुने, हड्डीको वृद्धि नहुने, बाङ्गो तथा कमजोर हुने खालका समस्या यसमा रहन्छन्। वंशाणुगत समस्या नै यस रोगको प्रमुख कारण हो।

२. डेभलपमेन्टल : बच्चाहरुको विकास हुने क्रममा देखा पर्ने रोगहरुलाई ‘डेभलपमेन्टल’ भनी वर्गीकरण गरिएको हुन्छ। यस्ता रोग बालबालिका जन्मिएपछि विकास हुने क्रम वा बढ्ने क्रममा देखा पर्छन्। कहिलेकाहीँ हड्डीको विकास हुँदाहुँदै बीचमा रोग देखिन सक्छ। हड्डी, नसा वा मांसपेशीमा यो खालको समस्या देखिन सक्छ।

३. मेटाबोलिक : शरीरलाई आवश्यक पर्ने तत्वहरु नपुगेका कारण लाग्ने रोगहरु यस वर्गमा पर्छन्। हाड वा समग्रमा अस्थिपञ्जरको विकासका लागि आवश्यक पर्ने क्याल्सियम, फस्फोरस, मिनरल नपुगेमा यस्तो समस्या देखिन्छ। मजबुत हाडका लागि शरीरमा जुन तत्व आवश्यक पर्ने हो, त्यसको न्यूनतम उपलब्धता नहुँदा यस्ता रोग देखा पर्छन्।

४. ट्रमाटिक : चोटपटक वा दुर्घटनाजन्य कारणले देखा पर्ने हाडसम्बन्धी समस्या ‘ट्रमाटिक’ हुन्। हाडजोर्नीमा असर गर्ने, मासु च्यातिनेजस्ता समस्या हुन्छन्।

५. इन्फेक्सन : संक्रमणका कारण पनि हाडसम्बन्धी रोगको समस्या देखिन सक्छ। हड्डीलगायत मासु पाक्न सक्ने खालका समस्या हुन्छन् । यस्ता रोग दुई प्रकारमा विभाजन गरेर अध्ययन भएको पाइन्छ, ‘नन्स्पेसिफिक’  र ‘स्पेसिफिक’। ‘नन्स्पेसिफिक’मा कारणबिनै संक्रमण हुने र हाडमा समस्या आउने हुन्छ। इन्फेक्सनमा भने अन्य रोगका कारण हाडसम्बन्धी समस्या देखिन्छ। कुष्ठरोग र त्यसले हाडमा गर्ने असर यसको उदाहरण हो। थाइराइडको समस्या भएकाहरुलाई पनि हाडको समस्या निम्तिन सक्छ।

६. इन्फ्लामेसनः बाथ रोग लागेर हाडजोर्नी बिग्रिनेलगायतका समस्या हुन्छन्। हात/खुट्टाहरु दुख्ने समस्या यसमा पर्छन् । टिबीका कारण पनि हाडमा असर हुन्छ। ब्रोसेलोसिस, पोलियो (जसलाई हामीले भाइरल इन्फेक्सन पनि भन्छौं) जस्ता रोग देखिन सक्छन्। बच्चालाई हुने पोलियो ‘भाइरल इन्फेक्सन’ हो, जसले अस्थिपञ्जरमा पनि असर गर्न सक्छ। पोलियो नसाका कारण मासुमा लाग्ने रोग हो। त्यसले कालान्तरमा हाडमा समेत असर गरी विकास हुन दिँदैन।

७. ट्युमर : यो पनि गम्भीर समस्या हो। बुढ्यौलीका कारण घुँडा खिइएर चलाउन नसक्ने भएर यस्ता रोगले सताउन सक्छन्। हातका जोर्नीहरु जाम हुने, भित्रको फ्लिडहरु सुक्ने आदि यसका कारण हुन्। वयस्कमा ट्युमरको समस्या ज्यादा देखिन्छ। यस्ता कतिपय ट्युमर क्यान्सरका पूर्वावस्था पनि हुन सक्छन्। १७ देखि ३६ वर्षकालाई हड्डीको क्यान्सर देखिने हुन्छ। रोग लाग्नासाथ पहिचान गरी छिटो आएमा उपचार सहज हुने यस्ता रोग ढिलो भए निको हुन कठिन हुन्छ।

स्वास्थ्यखबर बाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आगामी ३ दिन तातो लहरको उच्च प्रभाव : यी जिल्लाहरू सबैभन्दा बढी प्रभावित
‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया
काठमाडौंका यी स्थानमा आज पाँच घण्टा विद्युत सेवा अवरूद्ध हुने

ताजा

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

बसको ठक्करबाट एक पैदलयात्रीको निधन

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.