• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, भदौ २९, २०८२
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल

राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ साल भदौं २९ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ५. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ८. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ९. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • १०. २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

हड्डी के हो ? यस्ता छन् हड्डीमा लाग्ने गम्भीर ७ रोग

कुनै पनि प्राणी चलायमान हुन हड्डी अथवा त्यसको समग्र रुप अस्थिपञ्जर जरुरी हुन्छ। हाडले शरीरलाई एउटा आकार दिन्छ। हाडले मात्रै केही हुन सक्दैन। त्यसलाई चलायमान वा गतिशील बनाउन जोर्नी आवश्यक हुन्छ। हाडजोर्नी विशेषज्ञ डा बुलन्द थापा भन्छन्, ‘जोर्नीले हाडलाई चलायमान हुन मद्दत गर्छ। जोर्नी चलाउन अथवा हाडलाई गतिशीलता प्रदान गर्न मांसपेशीको आवश्यकता हुन्छ। मांसपेशीलाई चलाउन पनि नसाको आवश्कता पर्छ।’

चिकित्सकहरु हाडको संरचनालाई जीवशास्त्रीय रुपमा व्याख्या गर्छन्। उनीहरुका अनुसार, हाडलाई ‘कनेक्टिभ टिस्युज’ भनिन्छ। अर्थात् क्याल्सियम र खनिज पदार्थ जम्मा गरेकाले नै हाड कडा स्वरुपमा रहेको हुन्छ।

शरीरका अरु महत्वपूर्ण अंगलाई आफ्नो ठाउँमा राख्न, सुरक्षित बनाउन, चल्न, हिँड्डुल गर्नका लागि आवश्यक पर्ने संरचना नै हड्डी हो। हाडजोर्नी विशेषज्ञ डा. रमेशमानसिंह प्रधान भन्छन्, ‘हाडका संरचनाहरु जोर्नी बनाएर जोडिएको हुन्छ र यो चल्न सक्ने अवस्थामा रहन्छ।’

शिशु आमाको पेटमा रहँदादेखि नै शरीरमा हाडको विकास हुन थाल्छ। सुरुमा कुरकुरे खालका नरम हाडहरुको विकास हुन्छ। कतिपय अंगका हाडहरु विभिन्न खनिज पदार्थ लिएर विकास भइसकेका हुन्छन् र शिशु आमाको पेटमा रहँदा नै कडा खालका भइसकेका हुन्छन्। अरु हाडहरु बालक जन्मिएपछि विकास हुन्छ। २ सय ६ वटा हाडमध्ये क्याल्सियम र खनिज पदार्थ लिएर विकास हुन्छ। हाडहरुको बढ्ने भाग बालकको जन्मपछि विस्तार हुन्छ।

के रोग लाग्छ हड्डीमा?

हाडजोर्नी तथा नसामा विभिन्न खालका रोगहरु देखा पर्ने खतरा उत्तिकै रहन्छ। बालक जन्मेदेखि जीवनपर्यन्त विभिन्न रोग लाग्न सक्छन्। बालबालिका, युवा तथा वृद्धावस्थामा यसको असर फरक–फरक हुन्छ। कतिपय रोग जन्मजात नै सिर्जना भएका हुन्छन् भने कतिपय समस्या दुर्घटनापछि आउँछन्। केही रोग भने मानिसको दैनिकी र जीवनशैली आदिका उपज हुन्छन्।

हाडजोर्नी विशेषज्ञ डा बुलन्द थापा हाडसम्बन्धी रोगलाई सात तहमा वर्गीकरण गर्न सकिने बताउँछन्।

१. कन्जिनेन्टल : जन्मिँदादेखि नै हाडसम्बन्धी संरचनामा समस्या भएकोलाई यस वर्गमा राखिन्छ । हाड सानो हुने, हड्डीको वृद्धि नहुने, बाङ्गो तथा कमजोर हुने खालका समस्या यसमा रहन्छन्। वंशाणुगत समस्या नै यस रोगको प्रमुख कारण हो।

२. डेभलपमेन्टल : बच्चाहरुको विकास हुने क्रममा देखा पर्ने रोगहरुलाई ‘डेभलपमेन्टल’ भनी वर्गीकरण गरिएको हुन्छ। यस्ता रोग बालबालिका जन्मिएपछि विकास हुने क्रम वा बढ्ने क्रममा देखा पर्छन्। कहिलेकाहीँ हड्डीको विकास हुँदाहुँदै बीचमा रोग देखिन सक्छ। हड्डी, नसा वा मांसपेशीमा यो खालको समस्या देखिन सक्छ।

३. मेटाबोलिक : शरीरलाई आवश्यक पर्ने तत्वहरु नपुगेका कारण लाग्ने रोगहरु यस वर्गमा पर्छन्। हाड वा समग्रमा अस्थिपञ्जरको विकासका लागि आवश्यक पर्ने क्याल्सियम, फस्फोरस, मिनरल नपुगेमा यस्तो समस्या देखिन्छ। मजबुत हाडका लागि शरीरमा जुन तत्व आवश्यक पर्ने हो, त्यसको न्यूनतम उपलब्धता नहुँदा यस्ता रोग देखा पर्छन्।

४. ट्रमाटिक : चोटपटक वा दुर्घटनाजन्य कारणले देखा पर्ने हाडसम्बन्धी समस्या ‘ट्रमाटिक’ हुन्। हाडजोर्नीमा असर गर्ने, मासु च्यातिनेजस्ता समस्या हुन्छन्।

५. इन्फेक्सन : संक्रमणका कारण पनि हाडसम्बन्धी रोगको समस्या देखिन सक्छ। हड्डीलगायत मासु पाक्न सक्ने खालका समस्या हुन्छन् । यस्ता रोग दुई प्रकारमा विभाजन गरेर अध्ययन भएको पाइन्छ, ‘नन्स्पेसिफिक’  र ‘स्पेसिफिक’। ‘नन्स्पेसिफिक’मा कारणबिनै संक्रमण हुने र हाडमा समस्या आउने हुन्छ। इन्फेक्सनमा भने अन्य रोगका कारण हाडसम्बन्धी समस्या देखिन्छ। कुष्ठरोग र त्यसले हाडमा गर्ने असर यसको उदाहरण हो। थाइराइडको समस्या भएकाहरुलाई पनि हाडको समस्या निम्तिन सक्छ।

६. इन्फ्लामेसनः बाथ रोग लागेर हाडजोर्नी बिग्रिनेलगायतका समस्या हुन्छन्। हात/खुट्टाहरु दुख्ने समस्या यसमा पर्छन् । टिबीका कारण पनि हाडमा असर हुन्छ। ब्रोसेलोसिस, पोलियो (जसलाई हामीले भाइरल इन्फेक्सन पनि भन्छौं) जस्ता रोग देखिन सक्छन्। बच्चालाई हुने पोलियो ‘भाइरल इन्फेक्सन’ हो, जसले अस्थिपञ्जरमा पनि असर गर्न सक्छ। पोलियो नसाका कारण मासुमा लाग्ने रोग हो। त्यसले कालान्तरमा हाडमा समेत असर गरी विकास हुन दिँदैन।

७. ट्युमर : यो पनि गम्भीर समस्या हो। बुढ्यौलीका कारण घुँडा खिइएर चलाउन नसक्ने भएर यस्ता रोगले सताउन सक्छन्। हातका जोर्नीहरु जाम हुने, भित्रको फ्लिडहरु सुक्ने आदि यसका कारण हुन्। वयस्कमा ट्युमरको समस्या ज्यादा देखिन्छ। यस्ता कतिपय ट्युमर क्यान्सरका पूर्वावस्था पनि हुन सक्छन्। १७ देखि ३६ वर्षकालाई हड्डीको क्यान्सर देखिने हुन्छ। रोग लाग्नासाथ पहिचान गरी छिटो आएमा उपचार सहज हुने यस्ता रोग ढिलो भए निको हुन कठिन हुन्छ।

स्वास्थ्यखबर बाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम
    आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु
    टीसीएलको दशैँ–तिहार अभियानले ल्यायो उत्सवको रौनक!

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

    सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल

    राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
    • सुनको मूल्य तोलामा सात सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
    • दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल
    • राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने
    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.