आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन दिनमा संघीय सरकारले ५० अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। आर्थिक वर्षको अन्त्यतिर करदाताले कर दायित्व भुक्तानी गर्ने क्रम बढ्ने भएकाले अन्तिम दिनहरूमा राजस्व संकलन उल्लेख्य हुने परम्परा यस वर्ष पनि दोहोरिएको हो।
महालेखा नियन्त्रक कार्यालयका अनुसार बिहीबार १६ अर्ब ५० करोड रुपैयाँ, बुधबार २१ अर्ब १७ करोड रुपैयाँ र मंगलबार १२ अर्ब ४३ करोड रुपैयाँ गरी तीन दिनमै ५० अर्ब १० करोड रुपैयाँभन्दा बढी राजस्व उठेको छ। यद्यपि, यो रकम गत आर्थिक वर्षको सोही अवधिमा संकलित करिब ६४ अर्ब रुपैयाँभन्दा कम हो।
अन्तिम समयमा राजस्व संकलन बढे पनि समग्र आर्थिक वर्षको राजस्व वृद्धिदर भने करिब ५ प्रतिशतमा सीमित भएको छ, जुन विगतका वर्षको तुलनामा निकै न्यून हो। आर्थिक वर्ष २०६८/६९ देखि २०७८/७९ सम्म औसत वार्षिक राजस्व वृद्धिदर १७ प्रतिशत रहेको थियो। पछिल्ला वर्षहरूमा भने वृद्धि क्रमशः सुस्त बन्दै गएको देखिन्छ।
राजस्व वृद्धिमा आएको मन्दीले आर्थिक गतिविधि, आयातमा कमी तथा समग्र अर्थतन्त्रको सुस्त गतिलाई संकेत गरेको विश्लेषण गरिएको छ। सरकारले आगामी आर्थिक वर्षमा राजस्व परिचालनलाई थप प्रभावकारी बनाउने चुनौती सामना गर्नुपर्ने देखिएको छ।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

