आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन दिनमा संघीय सरकारले ५० अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। आर्थिक वर्षको अन्त्यतिर करदाताले कर दायित्व भुक्तानी गर्ने क्रम बढ्ने भएकाले अन्तिम दिनहरूमा राजस्व संकलन उल्लेख्य हुने परम्परा यस वर्ष पनि दोहोरिएको हो।
महालेखा नियन्त्रक कार्यालयका अनुसार बिहीबार १६ अर्ब ५० करोड रुपैयाँ, बुधबार २१ अर्ब १७ करोड रुपैयाँ र मंगलबार १२ अर्ब ४३ करोड रुपैयाँ गरी तीन दिनमै ५० अर्ब १० करोड रुपैयाँभन्दा बढी राजस्व उठेको छ। यद्यपि, यो रकम गत आर्थिक वर्षको सोही अवधिमा संकलित करिब ६४ अर्ब रुपैयाँभन्दा कम हो।
अन्तिम समयमा राजस्व संकलन बढे पनि समग्र आर्थिक वर्षको राजस्व वृद्धिदर भने करिब ५ प्रतिशतमा सीमित भएको छ, जुन विगतका वर्षको तुलनामा निकै न्यून हो। आर्थिक वर्ष २०६८/६९ देखि २०७८/७९ सम्म औसत वार्षिक राजस्व वृद्धिदर १७ प्रतिशत रहेको थियो। पछिल्ला वर्षहरूमा भने वृद्धि क्रमशः सुस्त बन्दै गएको देखिन्छ।
राजस्व वृद्धिमा आएको मन्दीले आर्थिक गतिविधि, आयातमा कमी तथा समग्र अर्थतन्त्रको सुस्त गतिलाई संकेत गरेको विश्लेषण गरिएको छ। सरकारले आगामी आर्थिक वर्षमा राजस्व परिचालनलाई थप प्रभावकारी बनाउने चुनौती सामना गर्नुपर्ने देखिएको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
