साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
काठमाडौं । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गरेसँगै आज देशभर साउने सङ्क्रान्ति मनाइँदैछ। यसै दिनदेखि सूर्य दक्षिणतर्फ ढल्किन सुरु गर्ने भएकाले दक्षिणायन प्रारम्भ भएको मानिन्छ। हिन्दू परम्पराअनुसार माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायन विशेष धार्मिक महत्वका दिन मानिन्छन्। कृषिप्रधान नेपाली समाजमा असारभरि खेतबारीको काममा व्यस्त रहेका किसानहरूले साउने सङ्क्रान्तिका दिन परिवार तथा आफन्तसँग भेला भएर पर्व मनाउने परम्परा छ।
यस दिन हिलो–मैलोका कारण लाग्ने छालासम्बन्धी रोगबाट बच्न ‘लुतो फाल्ने’ चलन रहिआएको छ। परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपातीजस्ता औषधीय गुण भएका वनस्पति प्रयोग गरी कण्डारक नामक राक्षसको पूजा गरेर अगुल्टो फाल्ने गरिन्छ। लुतो फाल्ने क्रममा आ–आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने तथा ढोका बन्द गर्ने चलन पनि नेपाली समाजमा प्रचलित छ।
साउन महिना भगवान् शिवको आराधनाको महिनाका रूपमा पनि परिचित छ। विशेषगरी महिलाहरूले हरियो चुरा र हरिया वस्त्र धारण गरी प्रकृतिप्रतिको आस्था र समृद्धिको प्रतीकका रूपमा यो महिना मनाउने गर्छन्।
साउनभर देशभरका शिवालय, विशेषगरी पशुपतिनाथ मन्दिर, भक्तजनको भीडले भरिने गर्छ। सोमबारलाई भगवान् शिवको विशेष दिन मानिने भएकाले साउनका सोमबार व्रत बस्ने र शिवपूजा गर्ने परम्परा रहिआएको छ।
धर्मशास्त्रअनुसार दक्षिणायनको समयमा ग्रहहरूको प्रभाव कमजोर हुने तथा वर्षायामका कारण विभिन्न रोगव्याधिको जोखिम बढ्ने विश्वास गरिन्छ। यही कारण यस अवधिमा भगवान् शिवको आराधना, व्रत र पूजा–अर्चनाको विशेष महत्व रहेको मानिन्छ।
सम्बन्धित समाचार
आज मङ्गलचौथी, गणेशको पूजा–आराधना गरी मनाइँदै
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १५ गते सोमबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ट्रेन्डिङ
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
ग्राहकको मागपछि जेको जे५ प्रो को विशेष अफर : अब रु. ४७ लाख ९९ हजारमै
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
भारतबाट नेपाललाई दोस्रो चरणमा थप ३७.५ टन सहयोग


