साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
काठमाडौं । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गरेसँगै आज देशभर साउने सङ्क्रान्ति मनाइँदैछ। यसै दिनदेखि सूर्य दक्षिणतर्फ ढल्किन सुरु गर्ने भएकाले दक्षिणायन प्रारम्भ भएको मानिन्छ। हिन्दू परम्पराअनुसार माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायन विशेष धार्मिक महत्वका दिन मानिन्छन्। कृषिप्रधान नेपाली समाजमा असारभरि खेतबारीको काममा व्यस्त रहेका किसानहरूले साउने सङ्क्रान्तिका दिन परिवार तथा आफन्तसँग भेला भएर पर्व मनाउने परम्परा छ।
यस दिन हिलो–मैलोका कारण लाग्ने छालासम्बन्धी रोगबाट बच्न ‘लुतो फाल्ने’ चलन रहिआएको छ। परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपातीजस्ता औषधीय गुण भएका वनस्पति प्रयोग गरी कण्डारक नामक राक्षसको पूजा गरेर अगुल्टो फाल्ने गरिन्छ। लुतो फाल्ने क्रममा आ–आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने तथा ढोका बन्द गर्ने चलन पनि नेपाली समाजमा प्रचलित छ।
साउन महिना भगवान् शिवको आराधनाको महिनाका रूपमा पनि परिचित छ। विशेषगरी महिलाहरूले हरियो चुरा र हरिया वस्त्र धारण गरी प्रकृतिप्रतिको आस्था र समृद्धिको प्रतीकका रूपमा यो महिना मनाउने गर्छन्।
साउनभर देशभरका शिवालय, विशेषगरी पशुपतिनाथ मन्दिर, भक्तजनको भीडले भरिने गर्छ। सोमबारलाई भगवान् शिवको विशेष दिन मानिने भएकाले साउनका सोमबार व्रत बस्ने र शिवपूजा गर्ने परम्परा रहिआएको छ।
धर्मशास्त्रअनुसार दक्षिणायनको समयमा ग्रहहरूको प्रभाव कमजोर हुने तथा वर्षायामका कारण विभिन्न रोगव्याधिको जोखिम बढ्ने विश्वास गरिन्छ। यही कारण यस अवधिमा भगवान् शिवको आराधना, व्रत र पूजा–अर्चनाको विशेष महत्व रहेको मानिन्छ।
सम्बन्धित समाचार
२०८३ असोज २८ गते बुधबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज २५ गते आइतबार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज २४ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १८ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
