विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने
काठमाडौं । नेपालका लागि चेरी ब्रान्डको आधिकारिक वितरक पायोनियर मोटो कर्पले विश्वप्रसिद्ध २०२५ रेड डट डिजाइन अवार्ड तथा २०२६ इफ डिजाइन अवार्ड प्राप्त गरेको चेरी क्यूलाई नाइमा मोबिलिटि एक्स्पो मार्फत नेपालमा पहिलो पटक सार्वजनिक गर्ने घोषणा गरेको छ।
विश्वकै प्रतिष्ठित डिजाइन सम्मानमध्ये एक मानिने रेड डट डिजाइन अवार्ड तथा २०२५ ले चेरी क्युलाई यसको आकर्षक डिजाइन, नवीन सोच तथा सौन्दर्य र उपयोगिताबीचको उत्कृष्ट संयोजनका लागि सम्मानित गरेको बताइएको छ । कम्पनीका अनुसार अन्तर्राष्ट्रिय डिजाइन विज्ञहरूको निर्णायक मण्डलद्वारा प्रदान गरिने यस पुरस्कारले नवप्रवर्तन, गुणस्तर तथा उत्कृष्ट प्रयोगकर्ता अनुभवलाई नयाँ उचाइमा पुर्याउने उत्पादनहरूलाई सम्मान गर्ने गर्दछ।
चेरी क्युले आधुनिक शहरी विद्युतीय सवारीको नयाँ परिकल्पना प्रस्तुत गर्दै भविष्यमुखी डिजाइन र स्मार्ट इन्जिनियरिङको उत्कृष्ट संयोजन प्रदान गर्ने जनाइएको छ। यसको सफा तथा आकर्षक बाह्य डिजाइन, न्यूनतम डिजाइन अवधारणामा आधारित प्रिमियम इन्टेरियर, विशेष लाइटिङ सिग्नेचर तथा फराकिलो क्याबिनले आधुनिक शहरी जीवनशैलीलाई ध्यानमा राखेर निर्माण गरिएको क्रसओभरको परिचय दिने बताइएको छ।
नेपाली ग्राहकहरूले ११ देखि १६ अगस्ट २०२६ सम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुने नाइमा मोबिलिटि एक्स्पो २०२६ मा पहिलो पटक अन्तर्राष्ट्रिय पुरस्कार विजेता चेरी क्यूलाई प्रत्यक्ष रूपमा अवलोकन गर्न सक्ने जनाइएको छ।
कम्पनीका अनुसार दैनिक शहरी यात्रालाई सहज र आरामदायी बनाउने उद्देश्यले विकास गरिएको चेरी क्यूमा ४१.२ किलोवाट–घण्टा क्षमताको ब्याट्री तथा ९० किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ, जसले एनइडिसि मापदण्ड अनुसार करिब ४०० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्ने अपेक्षा गरिएको छ। रेयर ह्वील ड्राइभ (आरडब्लूडी) प्लेटफर्ममा आधारित यस अर्बन क्रसओभरले उत्कृष्ट ड्राइभिङ अनुभवसँगै उच्च ऊर्जा दक्षता पनि प्रदान गर्ने बताइएको छ।
आधुनिक डिजाइन,अन्तर्राष्ट्रिय स्तरमा सम्मानित गुणस्तर तथा अत्याधुनिक विद्युतीय प्रविधिको संयोजन भएको चेरी क्यूले नेपालको बढ्दो विद्युतीय सवारी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास गरिएको छ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


