वि.सं.२०७५ साल फाल्गुन १४ गते । मङ्गलवार । इस्वी सन् २०१९ फेब्रुवरी २६ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष ।
तिथि सप्तमी,०९ घडी १६ पला,बिहान १० बजेर १७ मिनेट उप्रान्त अष्टमी । नक्षत्र अनुराधा,५३ घडी २१ पला । योग व्याघात,२३ घडी ०० पला,दिउँसो ०३ बजेर ४६ मिनेट उप्रान्त हर्षण ।
करण बब,बिहान १० बजेर १७ मिनेट उप्रान्त वालव,बेलुकी १० बजेर ०९ मिनेट उप्रान्त कौलव । आनन्दादिमा बज्र योग । चन्द्र राशि वृश्चिक । अष्टमी व्रत। गोरखकाली पूजा।काठमाडौँमा सूर्योदय ०६ बजेर ३४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०१ मिनेट । दिनमान २८ घडी ३८ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समयमा काम नबन्नाले दुख पाइनेछ भने आर्थिक सङ्कटको सामना झेल्नु पर्नेछ । दिदी बहिनी सँग मनमुटाब बढ्ने तथा टाढिने समय रहेको छ । सवारी साधन प्रयोग गर्दा वा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यमय रहेको छ । पढाई लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ भने माया प्रेममा अविश्वास बढ्ने योग रहेको छ । गोप्य सूचना तथा घर परिवारका कुराहरू बाहिर जाने हुनाले पारिवारिक कलह हुन सक्छ ध्यान दिनुहोला ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यवसाय फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । पर्यटन तथा यात्रा सँग सम्बन्धित क्षेत्रमा लगानी गर्दा मनग्गे लाभ मिल्नेछ । भौतिक सम्पत्तिको भरपुर प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ भने अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । साझेदारी व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ । प्रेममा रमाउन चाहने जोडीहरूका लागि समयले साथ दिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कुनै पनि प्रतिस्पर्धामा तपाईँको नमः अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्तहरू सँग भेट घाटले मन प्रफुल्लित हुनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरू बढ्नेछन् । सरकारी कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । प्रेममा नजिक हुने योग रहेको छ । पुराना ऋण तथा रोगबाट छुटकारा पाइने समय रहेको छ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाइनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जाँगर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ भने सबैले तपाईँको क्षमताको कदर गर्नेछन् । व्यापार व्यवसायमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिनेछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरू खुसी हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) तपाईँको व्यवहारले मान्यजन तथा आमाको मन दुख्नेछ ध्यान दिनुहोला । अरूकै काममा समय बित्ने हुँदा आफ्नो काम थाती रहनेछ । विभिन्न योजनाहरू छलफलका लागि ल्याउन सकिने भए पनि सहकर्मिहरुबाटनै विरोध हुनेछ । अध्ययनमा भनेजस्तो सफलता हात लगाउन निकै मेहनतको जरुरी पर्नेछ । कुनै काम गर्दा गम्भीर हुनुहोला हतार गर्नाले काम बिग्रनेछ । प्रेममा अविश्वास बढ्ने योग रहेको छ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकीहरू सँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्त सँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । छोटो तथा रमाइलो यात्रा गरी सकारात्मक नतिजा हात लगाउन सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) गीत सङ्गीत तथा कला साहित्यमा समय दिनेहरूले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ । कामहरू समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जाँगर बढेर आउनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरू फराकिला हुनेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईँको बौद्धिकताको सबैले सम्मान गर्नेछन् ।
वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) पढाई लेखाइमा राम्रो प्रगति गरी सफलताको मार्गमा अगाडि बढ्न सकिनेछ । व्यवसायबाट मनग्गे फाइदा हुनेछ भने घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । नौलो प्रकृतिको काम गरी आयस्रोतमा वृद्धि गर्न सकिनेछ । विभिन्न किसिममा भौतिक लाभ हुनेछ भने सवारी साधन प्राप्तिको योग रहेको छ । कलाकारिता तथा सङ्गीत पेसा व्यवसायमा समय लगानी गर्नेहरूले प्रशस्त रुपैयाँ पैसा कमाउने ग्रहयोग रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समयको गति सँगै बढ्न नसक्दा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । तयारी बिरानै महत्त्वपूर्ण काम सुरु गर्दा बिग्रने छ ध्यान दिनु उचित होला । प्रेम प्रशङमा रमाउन चाहनेहरूका आजको दिन टाढै रहनु उपयुक्त हुनेछ भने घर परिवारमा आफन्त सँग मानमुटाव सिर्जना हुनेछ । विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । स्वदेशमा उत्पादित सामानको व्यापार व्यवसायमा अरुदिन भन्दा अलि बढी समय खर्चिनु पर्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) विशिष्ट व्याक्तिहरुको बिचारले प्रभावित बनाउनेछ । सामाजिक कामका विशेष रुचि बढ्नेछ भने राजनीति तथा समासेवामा समय दिन सक्दा नाम तथा दाम दुवै कमाउन सकिनेछ । तरल पदार्थ तथा हाइड्रो पावरको लगानी फस्टाएर जानेछ । शिक्षा सँग सम्बन्धित कामबाट मनग्गे आम्दानी गर्न सकिनेछ । प्रणय सम्बन्धमा एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई परिमार्जन गरी आम्दानीका स्रोत बढाउन सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइनेछ । नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरीको गतिलो योग रहेको छ । व्यापारमा प्रशस्त आम्दानी हुने हुँदा आर्थिक स्थिति सुदृढ हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । प्रणण सम्बन्धको डोरो कसिलो भएर जानेछ । पैतृक सम्पत्ति तथा सरकारी सम्पत्तिको प्रयोग गर्न पाइने हुँदा मन प्रसन्न हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नसोचेको उपलब्धि हासिल हुनेछ भने समयले साथ दिने हुनाले तारिफयोग्ग काम गरी चर्चा बटुल्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि राम्रो नतिजा हात लाग्नेछ । दाजुभाइ तथा आफन्तको सहयोग पाइने हुनाले असजिला कामहरू सहजै सल्टाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने योग रहेको छ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।
तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी गणेश काफ्ले ।www.news24nepal.tv/2019/02/26/482373


