आइतबार सबै म्यानपावर कम्पनी बन्द हुने
फागुन २५, काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा शुक्रबार राती भएको विष्फोटको घटनाको वैदेशिक रोजगार व्यवसायीहरुले कडा रुपमा निन्दा गरेका छन् ।
संघमा आबद्ध व्यवसायीहरुको शनिबार विहान बसेको भेलाले अध्यक्ष गुरुङको घरमा भएको विष्फोट भर्त्सना गर्दै आइतबार सम्पूर्ण म्यानपावर कम्पनीका कार्यालय बन्द गर्ने निर्णय गरेको संघका सचिव इश्वर जिसीले सझासबाललाई जानकारी दिए ।
भोलि एक दिन सबैले कार्यालय बन्द गर्ने निर्णय भएको छ, जिसीले भने ‘भोलि नै सम्पूर्ण म्यानपावर व्यवसायी भेला बोलाएर भेलाको म्यान्डेट अनुसार कसरी अगाडी बढ्ने निर्णय हुन्छ।’
यसै विच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले संघका अध्यक्ष गुरुङको घरमा भएको विस्फोटको शनिबार विहान निरिक्षण गरेका छन् ।
क्षतिग्रस्त निवासको निरिक्षणपछि मन्त्री विष्टले व्यवसायीको सुरक्षाका लागि सरकार संवेदनशिल भएको बताउँदै व्यवसायीको अभिभावकत्व निभाउने बताए । मन्त्री विष्टले घटनाको संवेदनशिल भएर छानविन गर्नका प्रहरी प्रमुख र गृहसचिवलाई आग्रह गरेको बताए ।
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


