आजको राशिफल – चैत २९ गते,शुक्रबार
जय गुरु देव !! जय मा सन्तोषी !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!
आजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल चैत २९ गते,शुक्रबार,इश्वी सन् २०१९ अप्रिल १२ तारिख, शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण,वसन्त ऋतु,नेपाल संवत् ११३९ चौलाथ्व,चैत्र शुक्लपक्ष, तिथि– सप्तमी, १०:४८ बजेउप्रान्त अष्टमी,नक्षत्र– आर्द्रा, ७:४३ बजेउप्रान्त पुनर्वशु,योग– अतिगण्ड, ११:२६ बजेउप्रान्त सुकर्मा, करण– वणिज, १०:४८ बजेदेखि भद्रा, २१:४९ बजेउप्रान्त वव, आनन्दादिमा पद्म योग,चन्द्रराशि– मिथुन, २४:४७ बजेउप्रान्त कर्कट,सूर्योदय– ५:४५ बजे, सूर्यास्त– १८:२६ बजे र दिनमान ३१ घडी ४३ पला। विश्व ज्योतिष महासंघ स्थापना दिवस।
भोलिको- पञ्चाङ्ग
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आँटले काम लिन नसक्दा पछि परिनेछ,योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्, स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,आजको शुभ अंक ५ रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ,अपराह्नदेखि आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्,पढाइलेखाइमा प्रगति हुनेछ,सरकारी कडिकडाउको सिकार भइनेछ,आजको शुभ अंक ३ रहेको छ ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
मन बलियो भएकोले अरुको विश्वास जित्न सकिनेछ,सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्नेछ,कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ,आजको शुभ अंक ७ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ,सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,लामो यात्राको प्रक्रिया अघि बढ्नेछ,आजको शुभ अंक ५ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पारमा विशेष लाभ लिने समय छ,व्यावसायिक यात्रा सम्भावना छ,विभिन्न भौतिक साधन जुट्नेछन्,चोटपटक लाग्ने, अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,आजको शुभ अंक १० रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
धार्मिक तथा सेवामूलक क्रियाकलापमा मन जाला,रचनात्मक काम सुरु गर्ने मौका छ,आतिथ्यपूर्ण सम्मान पाइएला,दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ,आजको शुभ अंक ९ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
आम्दानी प्रशस्तै बढ्नेछ,नयाँ सवारी साधन प्राप्तिको योग छ, आतिथ्यपूर्ण सम्मान पाइएला,विशिष्ट व्यक्तित्वसँग सहकार्य गर्ने मौका छ,नयाँ काम गर्ने मौका छ,आजको शुभ अंक ११ रहेको छ ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
शरीरमा आरोग्य र स्फूर्ति बढ्नेछ,चिताएको काम समेत सम्पादन हुनेछ,पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ, रमाइलो भ्रमण सम्भावना छ,आजको शुभ अंक ८ रहेको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
महत्वपूर्ण काम बन्नाले हिम्मत बढ्नेछ,प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ,विभिन्न सहयोग र उपहार पाइनेछ,आजको शुभ अंक ६ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ,उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ,अस्वस्थ भइने र सानातिना समस्यामै अल्झिनुपर्ने समस्या आउला,आजको शुभ अंक ८ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
टाढिएका साथीभाइ नजिकिनेछन्,पारिवारिक भेटघाटको समय छ,घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ,सरसफाइ तथा सजावट सम्बन्धी काममा आकर्षित भइनेछ,आजको शुभ अंक १ रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ,शत्रुहरू किनारा लाग्नेछन्,प्रतिस्पर्धामा पनि विजयी भइनेछ,ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्,आजको शुभ अंक १२ रहेको छ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
२०८३ असोज २८ गते बुधबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज २५ गते आइतबार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज २४ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १८ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
