नवलपरासीको पिपरपातीलाई स्मार्ट कृषि गाउँ बनाइदै ।
रबिन्द्र यादव / नवलपरासी पश्चिम २४ बैशाख नवलपरासी पश्चिम जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ८ पिपरपातीलाई स्मार्ट कृषिगाउँ बनाइने भएको छ । प्रदेश नं ५ सरकारले स्मार्ट कृषिगाउँ बनाउन चालू आर्थिक वर्षमा बजेटको व्यवस्था गरेपछि स्मार्ट कृषिगाउँमा पिपरपातीलाई छनोट गरिएको हो । स्मार्ट कृषिगाउँका लागि छनोटमा परेको पिपरपातीमा स्मार्ट पोट्री फार्म ( कुखुरा पालन ) सञ्चालन हुने बताइएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको एक निर्वाचन क्षेत्र एक स्मार्ट कृषिगाउँ अन्तर्गत यहाँ उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको प्रदेशसभा सदस्य अजय बहादुर शाहीले बताउनु भएको छ ।
प्रदेश सरकारले त्यसका लागि रु ५० लाख बजेटसमेत विनियोजन गरिसकेको उनले बताए । स्थानीयसँगको साझेदारीमा पिपरपातीलाई स्मार्ट कृषि गाउँ बनाउने प्रक्रिया थालिएको हो । परम्परागत कृषि प्रणालीलाई छाडेर आधुनिक कृषि प्रणालीलाई उपयोग गर्ने गरी कार्यक्रमको अवधारणा अघि सारिएको प्रदेशसभा सदस्य शाहीले बताए । कार्यक्रममार्फत यहाँका धेरै भन्दा धेरै किसानलाई व्यावसायिक बनाउने लक्ष्य लिएको छ ।
कृषिमा व्यावसायीकरण र यान्त्रिकीकरण गर्नलाई कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । कार्यक्रम सञ्चालनका लागि कार्य विधि बनाइएको शाहीले बताए । कार्यविधि अनुसार सरकारले गरेका लागानीमा किसान आफैँले पनि थप २० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था छ । कार्यविधिमा प्रदेश सरकारले बजेट तथा प्राविधिक खटाउने छ भने स्थानीयवासीले पनि योगदान गर्नुपर्ने छ । सरकारले कुखुरा पालनका लागि आफ्नो गाउँलाई स्मार्ट क्षेत्र बनाउन थालेपछि स्थानीयवासी खुशी भएका छन् । स्थानियहरुको दैनिकी परिवर्तन गर्न सरकारले सहयोग गर्न थालेको वडा अध्यक्ष कादिर अलि अन्सारीले बताउनु भयो ।
किसानहरुले परम्परागत शैलीमा गर्दै आएको पेशालाई आधुनिक र व्यवस्थित गर्न उक्त कार्यक्रमले किसानलाई ठूलो सहयोग पुग्ने उनको भनाइ थियोे । कुखुरा पालन बाट मासु तथा अण्डा ( फुल ) उत्पादन गरेर यहाँका किसानले आर्थिक उपार्जन गर्ने छन् । स्मार्ट कृषिगाउँ भएपछि बजारीकरणमा समेत सहयोग पुग्ने अन्सारीले बताए ।
पिपरपाती स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यवन्यन समिति प्रतापपुर गाउँपालिका ८ पिपरपातीका संयोजक युवराज मौर्याका अनुसार भाडाको जग्गामा २ वटा खोर बनाएर, २ हजार कुखुरा राख्ने छ साथै त्यस भित्र स्टोर रुम, सुचना केन्द्र राखेने र बनाइने छ । उक्त समितिमा संयोजक र सचिव सहित ५१ सदस्यीय समिति रहेको छ । केही दिन भित्र खोर बनाएर अरु बाकी प्रक्रिया अगाडि बढाउने मौर्याले बताए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

