Jankari Kendra
२८ भाद्र २०८३, आईतवार
Worldlink

१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, भाद्र, २८
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प

काठमाडौं । रसुवा बाढीका कारण अवरुद्ध बनेको कृष्णभीर सडक पुनर्स्थापनाको आइतबार दशौँ दिन। अहिले पनि सडक पुनर्निर्माण भइरहेको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सडकलाई ग्रेडिङ गरी सतहलाई अन्तिम रूप दिने तथा कम्तीमा दुई लेन सडक सञ्चालनयोग्य बनाउने काम तीव्र गतिमा अघि बढिरहेको छ। साथसाथै ग्राभेल बिछ्याउने र सब९सर्फेस नाली निर्माणको काम पनि अगाडि बढेको डिभिजनले जनाएको छ ।

यात्रुलगायत सवारी आवागमनलाई छिटोभन्दा छिटो सहज, सुरक्षित र सञ्चालनमा ल्याउन निरन्तर फिल्डमै खटिरहेको डिभिजनको भनाइ छ । सरकारले भदौ २८ गतेभित्रै पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने बताएको थियो । तर अझै तीन चार दिन सडक निर्माणमा लाग्ने देखिएको छ ।

कृष्णभीरमा पहिरोले राजमार्ग हुँदा चाडपर्वका बेला राजधानी काठमाडौंलगायतका सहरमा खाद्यान्नदेखि अत्यावश्यक वस्तुको अभाव सिर्जना भएको छ । सबैभन्दा धेरै उपभोग्य खाद्यवस्तु, खाना पकाउने ग्यासलगानयतका वस्तुको संकट आइपरेको छ ।

Top Changing Nepal

युट्युब सट्स