सन् २०३९ भित्रै मंगल ग्रहमा मानिस पठाउने तयारी
जानकारी केन्द्र
२०७२, असार, १६
एक नयाँ मिसनका अनुसार आउँदो २४ वर्षभित्रै नासाले मंगल ग्रहमा एस्ट्रोनाट्सलाई पठाउने तयारी गरिरहेको छ । जसले त्यहाँ आफ्नो कदम राख्नेछ । र त्यहाँको जानकारी दिनेछ ।
एस्ट्रोनाट्समा दुई जना मानिस पनि हुनेछन् । क्यालिफोर्निया स्थित नासाको जेट प्रोपल्सन लेबोरेटरीका बैज्ञानिकले यो योजना तयार गरेका हुन् । मंगलको सतहमा मानिसलाई उतार्नुभन्दा पहिला नासाले खास तयारी गरेको हो । योजना अनुसार, सन् २०४३ मा चार एस्ट्रोनाट्सलाई मंगलमा पठाइने छ ।
पहिलो ड्रेस रिहर्सल गरिनेछ
यो अभियानका लागि बजेट खासै बढाइने छैन् । र सीमित बजेटमा नै अन्तरिक्ष यात्रीलाई मंगलमा पठाइनेछ । यो अभियानका लागि पहिला ड्रेस रिहर्सल गरिनेछ, जसमा मंगलको सतहमा पाइला टेक्ने प्रयास हुनेछ ।
पहिला सन् २०३३ मा नासा ४ एस्ट्रोनाट्सको टीमलाई मंगलमा पठाउनेछ जसले पहिला यसको पत्ता लगाउनेछ र त्यसपछि यसको १६ किमी चौडाई क्षेत्रमा (मून फोबोज) उत्रिनेछन् ।
त्यसपछि २०३९ मा दुई व्यक्तिको टिम र २०४३ मा चार व्यक्तिको टिमलाई पठाइनेछ । यी सबैले आफूसँगै घरको डिजाइन र कार्गो पनि लैजानेछन् । जसको सहारामा यो पत्ता लाग्नेछ कि त्यहाँ बस्न सम्भव छ या छैन् । एजेन्सी
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

