• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, असार २१, २०८२
शनिबार, असार २१, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपें अन्तरदेशीय भुक्तानी सम्झौता

निजगढमा सिसिटिभी जडान गर्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु

२०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

भटमास र सूर्यमुखी तेलको आयात–निर्यातमा उल्लेख्य वृद्धि

सरकारको नयाँ व्यवस्था : अब नयाँ कर्मचारीलाई पेन्सन र उपदान नदिइने

२०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

लोकप्रिय समाचार

  • १. २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. यी ६ लक्षण देखियो भने मान्नुहोस, मृगौला फेल हुदैँछ

  • ३. २०८२ साल असार १६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल असार १७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ७. २०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ८. श्रीलंकाबिरूद्द नेपालको ८-० को शानदार जीत, साम्बाको ह्याट्रिक

  • ९. १२ जिल्लामा भारी वर्षाको जोखिम

  • १०. भारतमा चर्चित बनेको ‘एमजी विन्डसर ईभी’ नेपाली बजारमा सार्वजनिक : कति पर्छ मूल्य ?

यसरी गर्न सकिन्छ अङ्गुरको व्यवसायिक खेती

सरकारले आर्थिक बर्ष २०७०/७१ को बजेटदेखि कृषितर्फ ठूलो बजेट बिनियोजन गर्दैआएको छ । यसको अर्थ हो, सरकारले कृषि क्षेत्रलाई बिस्तारै गम्भिर पेशाको रुपमा बुझ्नु । पछिल्लो समयमा कृषिबाटै करोडपति हुने कर्मशिल व्यक्तित्वहरु बढ्दै गइरहेका छन् । भविष्यमा यो क्रम अझ बढ्ने छ । स्वास्थ्यका लागि मात्रै होइन, सम्वृद्धिका लागि पनि फलफूलको उत्तिकै महत्व छ ।
फरक यति हो, स्वास्थ्यका लागि फलफूल खाइन्छ, समृद्धिका लागि यसको खेती । सफल फलफूल खेती कृषिमै रमाउनेहरुका लागि केन्द्रित गरी तयार पारिएको उपयोगि पुस्तक हो । यसले फलफूल खेती सफलतापूर्वक गर्नका लागि सुत्र दिएको छ ।

फलफूल खेतीका लागि जानकारहरुका लागि यो लेख उपभोगी त छँदैछ, फलफूल खेती गर्नेबारे सोचिरहेका, खेतीको तयारीमा लागेकाहरुका लागि पनि यो लेख उत्तिकै आवश्यक छ । सानोतिनो लगानीबाट गर्न सकिने फलफूल खेतीदेखि ठूलो लगानी गर्न उत्साहित फलफूल कृषकहरुका लागि चाहिने सबै किसिमका जानकारीहरु यस पुस्तकले समेटेको छ ।
पुस्तकले ती फलफूलका बारेमा मात्र चर्चा गरेको छ, जुन नेपालमा खेती गर्न उपयुक्त छन् । पुस्तकमा कमी कमजोरीहरु हुन सक्छन् । तसर्थ औल्याउने जिम्मा तपाईहरुलाई ।

अङ्गुर विश्वभरि लोकप्रिय गुलियो खालको फल हो । अङ्गुर ताजा फलका साथै मुनक्का दाख, डिब्बाबन्द रस, भिनेगर, जाम, रक्सीजस्ता वस्तुहरुको लागि पनि प्रयोग हुन्छ । केही समय पहिलासम्म यसको खासै खेती गरेको पाइँदैन थियो । अङ्गुर लगाईो भने सर्प आउँछ भन्ने जन–विश्वास थियो । तर अहिले भने मानिसहरुले यसको खेती गर्ने गरेका छन् । यसमा ८० देखि ९० प्रतिशत रस, १५ देखि २५ प्रतिशत कार्बोहाइड्रेट र १ प्रतिशत अमिलो पाइन्छ । त्यस्तै भिटामिन ए, बी र सी, खनिज पदार्थ, पेक्टिन, इन्जाइम आदि प्रशस्त मात्रामा पाइन्छ ।यसको उत्पत्ति मध्य–एशियामा भएको हो भन्ने वैज्ञानिकहरुको भनाइ छ ।
नेपालमा २०४४/४५ मा केन्द्रीय वागवानी केन्द्र कीर्तिपुरमा जापानी सहयोगमा जापानीज अङ्गुर जात अनुसन्धानका लागि रोपियो । पछि कुन जात कुन हावापानीमा हुन्छ भन्ने सम्बन्धमा उक्त केन्द्रबाट सिफारिस गरिएको जात मात्र जिल्ला–जिल्लामा वितरण भएपछि आजभोलि यसको खेती बढ्दै गइरहेको पाइन्छ ।
हावापानी तथा समय :
अङ्गुर खेती जातअनुसार विभिन्न क्षेत्रमा गर्न सकिन्छ । तर यसले तुसारो र सुख्खा सहन सक्दैन । यसको खेतीका लागि लामो समयसम्म गर्मी हुने स्थान राम्रो हुन्छ । २० देखि ४० डि.से. तापक्रमसम्म यसको खेती गर्न सकिन्छ । समुन्द्र सतहदेखि करिब १५०० मिटरसम्म यसको खेती भएको छ । अङ्गुर बढ्ने समयमा पानी पर्नु राम्रो हुन्छ । तर फूल फुल्ने समयमा वर्षा भएमा फल कम लाग्दछ । फल पाक्ने बेलामा वर्षा भयो भने फल फुट्ने समस्या हुन्छ । अङ्गुरको बिरुवा पुस–माघमा लगाईन्छ । पोलीब्यागमा उत्पादन भएको बिरुवा भने पुस–माघबाहेक अन्य समयमा पनि लगाउन सकिन्छ ।
माटो :
प्रायः सबै किसिमको माटोमा अङ्गुर खेती गर्न सकिन्छ । तर चिम्ट्याइलो माटोमा राम्रो हुँदैन । पानी नजम्ने खालको दोमट माटोमा यसको खेती सफलतापूर्वक गर्न सकिन्छ । माटोको पि.एच. ५.५ देखि ६.५ सम्म हुनुपर्दछ ।
जग्गा तयारी :
पारिलो र सिचाईको सुविधा भएको जग्गा छनौट गर्नुपर्दछ । जग्गा दक्षिण वा पूर्व–दक्षिण फर्केको भएमा निकै राम्रो हुन्छ । हल्का भिरालो खालको जमीन भएमा पानी जम्ने सम्भावना रहँदैन । सबैभन्दा पहिला सम्म जग्गामा वर्गाकार रेखाङ्कन गरेर जग्गा व्यवस्थापन गर्नुपर्दछ । जग्गा गरा–कान्ला भएको छ भने सोहीअनुसार रेखाङ्कन गर्नुपर्दछ ।

रेखाङ्कन गरेपछि अङ्गुर रोप्ने दूरीमा करिब एक मिटर गहिरो र त्यत्तिकै चौडाई भएको खाल्डो खनेर छोडिदिनु पर्दछ । ३ देखि ६ मिटरको फरकमा बिरुवा लगाउन सकिन्छ । उक्त खाल्डो २–३ हप्तासम्म खुल्लै छोडिदिनु पर्दछ । त्यसपछि आवश्यक मल माटोमा मिसाएर खाल्डो पुर्नु पर्दछ । खाल्डो पुर्दा माटो धसिएर जम्दा जमीनको सतहमा ठिक्क मिल्न आउने गरी पुर्नु पर्दछ ।

आवश्यक मल :
रोप्ने बेलामा प्रतिखाल्डो ३० देखि ४० किलो राम्रोसँग पाकेको गोबर-कम्पोष्ट मल, १ किलो सिङ्गल सुपर सल्फेट, ५०० ग्राम पोटासियम र अल्ड्रिन धूलोको आवश्यकता पर्दछ । अन्य मलको हकमा प्रति वर्ष माघमा हाल्नको लागि प्रतिबोट गोबर-कम्पोष्ट मल २० देखि ३० किलो, नाइट्रोजन २५० ग्राम, फस्फोरस ३५० ग्राम, पोटास २५० ग्रामको आवश्यकता पर्दछ ।

बेर्ना तयारी :
विभिन्न तरिकाबाट बेर्ना तयार गर्न सकिन्छ । विशेष गरेर यसको उत्पादन कटिङ्द्वारा तयार गरिन्छ । गुटी, ग्राफ्टिङ्, बडिङ्, टिस्यु कल्चर आदि तरिका प्रयोग गरेर पनि बिरुवा निकाल्न सकिन्छ । तर वर्णशंकर जात निकाल्नु परेमा भने बीऊ द्वारा बेर्ना उत्पादन गर्नुपर्ने हुन्छ । त्यस्तै, कलमी गरेर पनि बिरुवा उत्पादन गरिन्छ ।

बिरुवा लगाउने तरिका :
तयार गरिराखेको खाल्डोको बीचको केही भाग माटो हटाएर जरा चारैतिर फिँजिनेगरी बिरुवा रोप्नुपर्दछ । रोपेपछि बिरुवालाई चारैतिरबाट हलुकासँग थिचिदिनु पर्दछ । बिरुवालाई सिधा बनाइराख्न टेको दिनु पर्दछ । रोपेपछि सिचाई गर्न भुल्नु हुँदैन ।
जात :
ब्युटी सिडलेस– यसमा चिनीको मात्रा बढी पाइने, रसिलो, बास्नादार तथा रङ्गीन किसिमका भएको हुँदा मदिरा बनाउन उपयुक्त हुन्छ । यसको फल निकै झर्ने गर्दछ ।

डिलाइट: ताजा फल खानको लागि यो निकै उपयोगी हुन्छ । चाँडै पाक्दछ ।
पर्लेट: यो बीऊरहित वर्णशंकर जात हो । केही चाँडो पाक्दछ । फलको गुदी नरम र बास्नादार हुन्छ । झुप्पामा फल पाकिसक्दा पनि केही फल भने काँचै रहन्छन् ।
थमसन सिडलेस: ताजा फल खान उपयुक्त हुन्छ । फल पाक्दा सुनौलो पहेँलो रङ्गको हुन्छ । फल बीऊरहित, स्वादिलो हुन्छ । भण्डारण क्षमता बढी हुन्छ ।
हिमरड सिडलेस: बीऊरहित उच्च कोटीको फल लाग्दछ । उत्पादन बढी हुन्छ । रोग तथा कीरालाई सहन सक्दछ । फल पाक्दा हरियो पहेँलो रङ्गको, बोक्रा अलि कडा किसिमको छालाजस्तो हुन्छ ।
क्योहो: राम्रोसँग फल लाग्दछ । बोट पनि ठूलो हुन्छ । फलको तौल १० ग्रामसम्म हुन्छ । फल पाक्ने समयमा बढी पानी परेमा फल फुट्न सक्छ । साउनको तेस्रो हप्तासम्ममा पाकी सक्दछ ।
ओलम्पिया: यो हाइब्रिड समूहमा पर्ने जात हो । फलको साइज ठूलो हुन्छ । फलको रङ्ग आकर्षक र स्वादिष्ट हुन्छ ।
(यीभन्दा बाहेक डेलाबेर, निओमस्काट आदि जातहरु प्रचलित छन् ।)

सिचाई, गोडमेल तथा काँटछाँट :
चिस्यानको अवस्था हेरेर सिचाई गर्नुपर्दछ । लामो समयसम्म सुख्खा वा लगातार पानी परेर जम्न गएमा फल फुट्ने, झुप्पाको फल कुहिने, दाना सानो हुने आदि समस्याहरु देखिन्छन् । त्यसैले यी कुराहरु ख्याल गर्नुपर्दछ । अङ्गुरको नयाँ हाँगामा मात्रै फल लाग्ने भएकोले प्रत्येक वर्ष अङ्गुरलाई काटछाँट गर्नुपर्दछ । पहिलो वर्ष जमीनबाट माथि ५० से.मि. मूल हाँगा काटिदिनु पर्दछ । दोस्रो वर्ष आएको हाँगालाई आधा काट्नु पर्दछ । त्यसपछि आएको हाँगालाई ४–६ आँख्ला राखी प्रत्येक वर्ष काट्नुपर्दछ ।

काँटछाँट बोटको पात झरेपछि तर पालुवा नपलाउँदै पुस–माघ महिनामा गर्नुपर्दछ । काँटछाँट गरी मल हालेर विषादी स्प्रे गरिदिएमा ५०–६० वर्षसम्म पनि आम्दानी लिन सकिन्छ । अङ्गुरको बोट सुषुप्तावस्थामा रहेको बेलामा खनजोत गरेर सुख्खा याममा बोटको फेद वरिपरि घाँसपात वा परालको छापो दिनु उपयुक्त हुन्छ । वर्षा याममा गोडेपछि त्यसैबाट निस्कने झारलाई नै छापोको रुपमा प्रयोग गर्न सकिन्छ ।
बोटको तालिम :
बोटलाई निश्चित आकार दिनको लागि फलाम, बाँस, काठ आदिको थाङग्रो दिएर लहरालाई डो¥याउनु पर्दछ । यसैलाई तालिम दिएको भनिन्छ । काँटछाँटपछि लहरालाई सहारा दिई डोरी वा तारमा फैलाई बाँध्नुपर्दछ । कुन तरिकाले बोटलाई तालिम दिने हो सोहीअनुसार गर्नुपर्दछ ।

रोग :
सेतो धूले रोग: यो अङ्गुरमा बढी लाग्ने रोग हो । शुरुमा कमला डाँठ, पात, फूल तथा फलमा खरानी रङ्गको धूलो देखा पर्दछ । रोगी भाग सुक्दछ । पात तथा फल झर्दछ । बोटमा भएको फल पनि राम्रोसँग पाक्दैन र कडा हुन्छ । फलको बोक्रा फुट्दछ ।
रोकथाम :
गन्धकको धूलो बोटमा छर्ने ।
केराथेन ९०.१५० विषादी हप्ता दश दिनको फरकमा ३–४ पटक छर्ने ।
माघ या वैशाखमा २ पटक क्यालिसिन २ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने ।
शीते ढुसी रोग : पातमा सेतो फोकाजस्तो दाग देखिन्छ । पात सुक्दछ । मुनासमेत मर्दछ ।
बोर्डोमिक्स्चर या पोलिराम ४ ग्राम प्रतिलिटर पानीमा राखी स्पे्र गर्ने ।
रोगग्रस्त पात तथा फल जम्मा पारी नष्ट गर्ने ।
खैरो थोप्ले रोग: पात, डाँठ तथा फलमा खैरा दाग देखिन्छन् । फल कमसल हुन्छ । वर्षा भइरहेको अवस्थामा यो रोग बढी फैलन्छ । वर्षा कम हुँदा रोगको आक्रमण पनि कम हुन्छ ।
रोग लाग्नुभन्दा पहिला चैत्र–वैशाखमा बोर्डोमिक्स्चर छर्ने ।
बेभिष्टिन २ ग्राम प्रतिलिटर पानीमा मिसाई छर्ने ।
डाइथेन एम– ४५ विषादी २ देखि ३ ग्राम प्रतिलिटर पानीमा मिसाई छर्ने ।
फलको टुप्पा कुहिने रोग– फलको टुप्पोतिर पानी सुकेजस्तो दागको विकास हुन्छ । यो रोग क्याल्सियमको कमीको कारण लाग्दछ । पछि फल बिग्रन्छ ।
क्याल्सियन नाइट्रेट १ प्रतिशत छर्ने ।
(यीभन्दा बाहेक कोपिला मर्ने, पात पहेँलिने, आदि रोग लाग्न सक्दछन् । यदि कुनै रोग लागेको देखिएमा सोहीअनुसारको विषादी प्रयोग गर्नुपर्दछ ।)

कीरा :
फट्के कीरा : यो सानो खालको खपटे कीरा हो । यसले नयाँ पालुवा तथा मुनामा प्वाल बनाएर क्षति पु¥याउँछ ।
रोकथाम :
मालाथायन २ मि.लि. प्रतिलिटर पानीमा मिसाई छर्ने ।
थ्रिप्स: पातको तल्लो सतहबाट रस चुसेर खान्छ । जसको कारण पात पहेँलिन्छ र झर्दछ ।
मालाथायन २ मि.लि. प्रतिलिटर पानीमा मिसाई १० दिनको फरकमा २–३ पटकसम्म छर्ने ।
रोगर १.५ मि.लि. वा सेभिन २.५ ग्राम प्रतिलिटर पानीमा मिसाई १० दिनको फरकमा २–३ पटक छर्ने ।
पात छिया पार्ने खपटे : यस्ता कीराले बिरुवाका पात खान्छन् । पातलाई खानुभन्दा बढी काटेर नोक्सान पु¥याउँदछन् । यसका लाभ्रेले माटोभित्रका स–साना जराहरु खाइदिन्छन् ।
बत्तीको पासोमा आकर्षित गरेर मार्न सकिन्छ ।
मालाथायन र बोटमा मेटोसिडको प्रयोग गर्ने ।
कीरालाई हातले टिपेर मार्ने ।
पात बेरुवा : यी कीराले पातको हरियो भाग खान्छन् । पातभित्र बेरिएर बस्दछन् ।
कीरा लागेको पातलाई नष्ट गरिदिने ।
थायोडिन २ मि.लि. प्रतिलिटर पानीमा मिसाई छर्ने ।
कत्ले: बोक्रामा सुँड गाडेर रस चुस्छ । बोट कमजोर हुन्छ ।
कीरा लागेको भागहरु हटाइदिने ।
रोगर १.५ मि.लि. प्रतिलिटर पानीमा मिसाई छर्ने ।

फल तयार हुन लाग्ने समय :
सामान्यतया, अङ्गुर रोपेको ३ वर्षपछि फल्न शुरु हुन्छ । एक पटक लगाएको अङ्गुरले २०–२५ वर्षसम्म राम्रो फल दिन्छ । फल लागेपछि पाक्ने समय यसको जात र लगाईएको ठाउँको हावापानीअनुसार ३ देखि ५ महिना लाग्दछ ।
राम्रो मौसम भएको दिन शीत ओभाएपछि बिहान ११ बजेसम्म फल टिप्न सकिन्छ । फललाई राम्रोसँग बोटमै पाक्न दिनुपर्दछ ।

उत्पादन :
अङ्गुर लगाएको क्षेत्रको माटो, हावापनी, बगैँचा व्यवस्थापन, आदि सबै कुरा मिलाएमा प्रतिरोपनी ४०० देखि ६०० किलोसम्म अंगुर उत्पादन गर्न सकिन्छ ।

भण्डारण :
सापेक्षिक आद्रता ८५ देखि ९० प्रतिशत र तापक्रम ० देखि २० डि.से. भएको, राम्रो हावाको सञ्चालन हुने ठाउँमा भण्डारण गरेर अङ्गुरलाई ६ देखि ८ हप्तासम्म सुरक्षित राख्न सकिन्छ ।

स्रोत : सफल फलफूल खेती
पाँचपोखरी प्रकाशन गृह

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
    स्वास्थ्य बीमा अब थप सहज, सबै सरकारी अस्पतालमा उपचारको सुविधा
    देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    लोकप्रिय

    २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    यी ६ लक्षण देखियो भने मान्नुहोस, मृगौला फेल हुदैँछ

    २०८२ साल असार १६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपें अन्तरदेशीय भुक्तानी सम्झौता

    निजगढमा सिसिटिभी जडान गर्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु

    २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    भटमास र सूर्यमुखी तेलको आयात–निर्यातमा उल्लेख्य वृद्धि

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपें अन्तरदेशीय भुक्तानी सम्झौता
    • निजगढमा सिसिटिभी जडान गर्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु
    • २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल
    • भटमास र सूर्यमुखी तेलको आयात–निर्यातमा उल्लेख्य वृद्धि
    • सरकारको नयाँ व्यवस्था : अब नयाँ कर्मचारीलाई पेन्सन र उपदान नदिइने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.