Jankari Kendra
२६ श्रावण २०८३, मंगलवार
Worldlink

असोज २८,मंगलबारको राशिफल

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, आश्विन, २७
असोज २८,मंगलबारको राशिफल
चन्द्रराशि– मेष, सूर्योदय– ६:०४ बजे, सूर्यास्त– १७:३४ बजे र दिनमान २८ घडी ४ पला। सर्वार्थसिद्धि योग १२:४९ बजेसम्म।

जय गुरु देव !! जय श्री गणेश !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!

आजको – पञ्चाङ्ग
वि.सं. २०७६ असोज २८, मंगलबार, इ.स. २०१९ अक्टोबर १५, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु, ने.सं. ११३९ कौलागा, कार्तिक कृष्णपक्ष, द्वितीया, २८:४० उप्रान्त तृतीया, नक्षत्र– अश्विनी, १२:४९ बजेउप्रान्त भरणी, योग– हर्षण, ६:२३ बजेउप्रान्त वज्र, करण– तैतिल, १६:०९ बजेदेखि गर, २८:४० बजेउप्रान्त वणिज, आनन्दादिमा अमृत योग, चन्द्रराशि– मेष, सूर्योदय– ६:०४ बजे, सूर्यास्त– १७:३४ बजे र दिनमान २८ घडी ४ पला। सर्वार्थसिद्धि योग १२:४९ बजेसम्म।

भोलिको- पञ्चाङ्ग
वि.सं. २०७६ असोज २९, बुधबार, इ.स. २०१९ अक्टोबर १६, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु, ने.सं. ११३९ कौलागा, कार्तिक कृष्णपक्ष, तृतीया, २९:१९ उप्रान्त चतुर्थी, नक्षत्र– भरणी, १४:२१ बजेउप्रान्त कृत्तिका, योग– वज्र, ६:०९ बजेदेखि सिद्धि, २९:३३ बजेउप्रान्त व्यतीपात, करण– वणिज, १७:०३ बजेदेखि भद्रा, २९:१९ बजेउप्रान्त वव, आनन्दादिमा काण योग, चन्द्रराशि– मेष, २०:४० बजेउप्रान्त वृष,सूर्योदय– ६:०५ बजे, सूर्यास्त– १७:३३ बजे र दिनमान २८ घडी ० पला। सर्वार्थसिद्धि योग १४:२१ देखि १७:०३ बजेसम्म र २९:१९ बजेपछि।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मान सम्मानको वृद्धि हुनेछ,आर्थिक हिसाबले समय बलबान रहनेछ,अलिक खराब समय छ,दुर्घटना तथा चोट पटक लाग्ने सम्भावना रहेको छ,बौद्धिक कार्यमा सफलता मिल्नेछ,आजको शुभ अंक ३ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
राम्रो लगाउने विदेश यात्रा गर्ने उचित अवसर मिल्नेछ,नंया ज्ञान आर्जन गर्ने अवसर पनि मिल्नेछ भने बालबालिका संग सम्बन्धित काममा समय व्यतित हुनेछ,आजको शुभ अंक ८ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
पढाई लेखाइमा सुधार आउनेछ, साहित्यिक लेखनमा समय व्यतित हुनेछ,रमाइलो भेटघाट हुनेछ भने विरोधीहरु तपाइको सहयोगी बनेर आउनेछन,आजको शुभ अंक १० रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साथि भाइ,नोकरी तथा ब्यबासयिक सफलताले नंया उचाई लिनेछ,प्रतिष्ठित काममा सरिक हुने अवसर मिल्नेछ, भेटघाटमा भ्रमणको सम्भावना रहेको छ,आजको शुभ अंक १२ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
समयमा सहि निर्णय लिन नसक्दा नोक्सानी व्यहोर्नु पर्नेछ,समय सुधार आउनेछ,प्रतिष्ठामा वृद्धि हुनेछ,आफन्त तथा साथीभाइको सहयोगमा महत्वपूर्ण कार्य पुरा हुनेछ,आजको शुभ अंक ५ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
विभिन्न धार्मिक र सामाजिक कार्यमा सरिक भई सहयोग गर्ने अवसर मिल्नेछ,अध्यात्मिक शक्ति बढ्ने छ,घर जग्गा जमिन समस्याले सताउन सक्छ,आजको शुभ अंक ७ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
ठुलो दुर्घटना हुन सक्ने अबस्था छ,धार्मिक भावमा नकारात्मक उर्जा बढ्नेछ,सामाजिक सेवामा गति बढ्नेछ,मुद्दा मामिलाको झन्झटले विवाद हुन सक्छ,आजको शुभ अंक ८ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
चिन्ताबाट धेरै हदसम्म मुक्ति पाइनेछ,पराक्रमी काममा चित्त लाग्नेछ,धन सम्पति संचय गर्ने अवसर मिल्नेछ,अरूलाई बुझाउन सक्ने शक्ति प्राप्त हुनेछ ,आजको शुभ अंक ११ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफन्त संगको सम्बन्धमा कमजोरी आउन सक्छ भने मनमा खराब बिचार आउनाले -विवाद बढ्न सक्छ, विश्वास गरेका व्यक्तिले धोका दिने छन्,आजको शुभ अंक ५ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
रोकिएका कामपुरा गर्न सकिनेछ,पशुपालक कृषक बर्गको लागि फाइदाजनक समय रहनेछ,धार्मिक आस्था बढ्ने छ,खर्च र चिन्ता बढ्न सक्छ,समय अनुकूलको बन्नेछ ,आजको शुभ अंक ६ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
बैदेशिक सहयोग बढे संगै,बोलीको प्रभाब बढ्नेछ,साथिहरुको सहयोग पाइनेछ भने नंया साथि संगको मित्रता सुमधुर बन्नेछ,दुर्घटनाको सम्भाव्य रहेको छ,आजको शुभ अंक १ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)
राम्रो लगाउने मीठो खाने अवसर मिल्ने छ,प्रणय सम्बन्धमा मिठासता थपिनेछ,मनोरन्जनात्मक कार्यमा धन र समय खर्च गरिनेछ,लामो यात्राको सम्भाव्यता रहने छ,आजको शुभ अंक ९ रहेको छ।

गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)

Top Changing Nepal

युट्युब सट्स