जब महाभारत युद्धमा अर्जुनले युधिष्ठिरलाई मार्न खोजे
काठमाडौँ । महाभारतको लडाईमा पटक पटक पाण्डवका ५ छोराहरूबीच मनमुटाव देखिएको थियो । कुनै कुनै मनमुटाव त यस्तो थियो, स्वयम् अर्जुनले आफ्ना जेठा दाजु युधिष्ठिरलाई नै मार्न अघि सरेका थिए । लडाईमा सूतपुत्र कर्णले पाण्डव पक्षका सैनिकहरूलाई धमाधम मारिरहेका थिए । त्यही बीचमा युधिष्ठिर पुगे । कर्णले युधिष्ठिरमाथि आक्रमण गरे र युधिष्ठिरलाई घाइते बनाए । त्यसपछि युधिष्ठिरलाई घाइते शिविर लगियो ।
आफ्ना दाजु युधिष्ठिर घाइते भएपछि अर्जुनलाई रीस उठ्यो । उनी कर्णसँग लड्न भनेर अघि तम्सिए । लडाईं त भयो तर अर्जुनले कर्णलाई मार्न सकेनन् । लडाई सकिएपछि जब अर्जुन आफ्ना दाजु युधिष्ठिरसामु गए तब कर्णलाई मार्न नसकेको भन्दै युधिष्ठिरले क्रोधित भएर अर्जुनलाई आफ्नो धनुष त्याग्न भने ।
तर, अर्जुनले आफ्नो धनुष जसले त्याग्न भन्छ त्यसलाई मार्ने कसम पहिल्यै खाइसकेका थिए । आफ्नै दाजुलाई मार्न पनि सक्दैनथे अर्जुनले ।
यस्तो बेलामा कृष्णले सुझबुझपूर्ण उपाय अपनाए । आफूले आदार गर्ने व्यक्तिलाई अनादार गरे पनि मारेसरह हुने भन्दै कृष्णले अर्जुनलाई सम्झाए । कृष्णको सुझाव मान्दै अर्जुनले पहिलोपटक आफ्नो दाजु युधिष्ठिरको अनादार गरे । त्यसपछि दाजुभाईको झगडा साम्य भयो ।