सिन्धुपाल्चोकमा १०० भन्दा बढीलाई कोरोनाको आशंका
काठमाडौं, माघ २९ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा कोरोना भाइरससंग मिल्ने लक्षणले त्रास फैलाएको छ । उक्त गाउपालिकाको वडा नम्बर ३ गुम्बागाउँका एक सय भन्दा बढी स्थानीय रुधा खोकी र ज्वरोले थलिएका छन् ।
गुम्बा बस्तीका स्थानीयमा कोरोना भाइरसको लक्षणसँग मेल खाने संकेत देखिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी गराएका छन् । विगत दुई हप्तादेखि सामान्य रुधा खोकिले थलिएका उनीहरुको अवस्था गम्भीर रहेको उनले बताए । चेकजाँच नै नगरि यो नै हो भन्न सक्ने अवस्था नरहेको बताउदै उनले केहि विमारीको अवस्था उद्वार गर्न पनि नसकिने अवस्था भैसकेको समेत जानकारी गराए ।

बिरामीको संख्या बढेको र अवस्था गम्भीर बन्दै गएपछि विशेष टोली खटाइदिन जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोक र वाग्मती प्रदेश सरकारलाई पत्र लेखे पठाई सकेकोे पनि उनले बताए । उनले मौसमी रुधाखोकी हुन सक्ने भन्दै विमारी घरलु उपचारमा लागेको तर लामो समय निको हुन नसकेपछि गाँउ नै सक्रमित भएको जानकारी गराए ।
एकै गाउँका स्थानीय बिरामी परेको उनको भनाई रहेको छ । गाउपाँलिका भित्र साना मेडिकलहरु मात्र भएकाले विमारीको परिक्षण हुन सकेको छैन् । गाउँपालिकामा विशेषज्ञ चिकित्सक भएको अस्पताल छैन ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

