पुन: स्वीकृति लिएर विदेश जान पाइन्छ, तर कसरी ?
साउन १०, काठमाडौँ | सरकारले विदेशमा अलपत्र नेपालीलाई धमाधम उद्धार गरिरहेका बेला विदेशबाट बिदामा आएकाहरुलाई वैदेशिक रोजगारीमा जान खुला गरेको अवस्था छ । बिदामा आई कोरोनाको कारण विदेश जान नपाएकाहरुको लागि सरकारले पुन: स्वीकृति दिने काम जारी राखेको छ ।
विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार नयाँ श्रम स्वीकृति दिएको छैन, पुन श्रम स्वीकृति मात्र दिइएको छ । विभागले करार अवधि बाँकी रहेका, विदामा आएका र भिसाको अवधि बाँकी रहेकालाई पुन: श्रम स्वीकृति दिइरहेको छ।
पुन: स्वीकृति लिएर विदेश जानेहरुले विदेश जानु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अनिवार्य कोरोना संक्रमण नभएको रिपोर्ट पेस गर्नुपर्ने हुन्छ, यस लगायत कसरी श्रम स्वीकृति लिन सकिन्छ भन्ने सन्दर्भमा वैदेशिक रोजगार बिभागले जारी गरेको सूचना तल हेर्नुहोस् ।



कसरी जान पाइन्छ पुन: स्वीकृति लिएर विदेश ?
उद्धारबाहेकका सम्पुर्ण उडानहरु बन्द रहेको अवस्थामा पुन: श्रम स्वीकृति लिएकाहरु कसरी विदेश जान्छन ? भन्ने प्रश्न धेरैलाई छ । यस्तो अवस्थामा पुन: श्रम स्वीकृति पाएका श्रमिकहरु नियमित उडान नखुल्दासम्म चार्टर्ड उडानमा जानुको विकल्प छैन । बिभागले पुन: श्रम स्वीकृति दिइरहेका श्रमिक आफै टिकट काटेर जान पर्ने हुन्छ । विदेशमा नेपाली लिन जाने जहाजहरुमा पुन: स्वीकृति लिएकाहरु जान सक्छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

